ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

film-development-boardकाठमाडौँ, जेठ १२ गते । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ । नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा स्थापित सो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिँदै आएकोमा अब २० विधामा पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।

उत्कृष्ट कलाकार, निर्देशक, नायक तथा नायिका, लोकप्रिय चलचित्रलगायत विधामा दिइँदै आएको सो अवार्ड ९पुरस्कार० अब सङ्गीत, रचनाकार, छायाकार तथा गायकलगायतलाई थप गरिएको छ ।

दोस्रो संस्करण आगामी भदौ २ गते संयुक्त राज्य अमेरिकाको कोलोराडोमा हुने कार्यक्रम तय भएको छ ।

‘ग्लोवल नेपाली फिल्म अवार्ड’का अध्यक्ष नवराज श्रेष्ठले नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउन सकेमा मुलुकमा पर्यटन क्षेत्रको अभिवृद्धि गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा कलाकार वसुन्धरा भुसाल, सुनिल थापा, नायक पुरन जोशीलगायतले नेपाली चलचित्र क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter