प्राकृतिक विपतलार्इ ध्यान दिँदै डा. केसीको अनशन स्थगित

dr_govindaकाठमाडौँ, साउन ३१ गते । बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकाले देशको वर्तमान संकटलाई ध्यानमा राख्दै अनशन स्थगित गरेको डा. केसीले जनाएका छन् । पत्रकार सम्मेलनमा डा. केसीद्वारा हस्ताक्षरित विज्ञप्ति बाचन गरिएको थियो ।

विज्ञप्तिमा वर्तमानको संकट समाधान हुने बित्तिकै पुनः अनशन सुरु गर्ने जनाइएको छ । डा. केसीले आफ्ना माग पूरा गर्न पुनः आग्रह गरेका छन् । लगातारको वर्षाका कारण देशमा उत्पन्न परिस्थितिले सम्पूर्ण चिकित्सकहरू कार्यक्षेत्रमा खटिनुपर्ने अवस्था उत्पन्न भएपछि डा. केसीले अनशन स्थगित गरेका हुन् ।

विज्ञप्तिमा समेत बाढीपहिरोले उत्पन्न विपत्को अवस्थामा सम्पूर्ण चिकित्सकहरू उपचारमा लाग्नुपरेकाले देशको संकटलाई ध्यान दिँदै अनशन स्थगित गरिएको उल्लेख गरिएको छ ।

आफू कसैसँग झुकेको नभई नागरिकको पक्षमा निर्णय गरेको भन्दै विज्ञप्तिमार्फत् डा. केसीले विपत् सकिएपछि पुनः अनशन गर्ने स्पष्ट पारेका छन् ।

डा. केसीले अनसन स्थगित गर्नुअघि त्रिभुवन विश्वविद्यालयले उनको माग सम्बोधनमा केही निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ । ‘सिट र शुल्क निर्धारणका सम्वन्धमा आईओएमले जे सिफारिस गर्छ, त्यो सिनेटमा लैजान्छौं भनेर डिनलाई लेखी पठाएको छु, त्रिवि उपकुलपति तिर्थ खनियाले अनलाइनखबरलाई बताए ।

साथै आईओएमको स्वायत्ततासम्वन्ध अध्ययन गरेर सुझाव दिन गठन भएको कार्यदलले दिएको रिपोर्ट पनि त्रिवि सिनेटमा पेश गर्ने बचन खनियाले दिएका छन् ।

डा. केसीले अनसन तोडेपछि आईओएमका डिनले सिफारिस गरेका चार जनालाई नै सहायक डिन नियुक्त गर्न पनि त्रिभुवन विश्वविद्यालय सहमत भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter