कृषि स्नातकदेखि विद्यावारिधिको अनुसन्धानस्थल बनेको स्टेवरी खेती

शान्ता अधिकारी / चितवन, चैत १५ गते । भरतपुर महानगरपालिका– ५ पिपलचोक नजिकैको एउटा कृषि फार्म । कालो प्लाष्टिकको छापो (मल्चिङ) माथि राताम्मे स्टेवरी । कृषि स्नातकदेखि कृषि विषयमा विद्यावारिधि गर्ने अनुसन्धानकर्ताहरुको अध्ययन र अनुसन्धानस्थल र सर्वसाधारणको लागि नयाँ र आकर्षणको केन्द्र ।

भरतपुर महानगरपालिका– ५ पिपलचोक नजिकै सशान्त देवकोटा नेतृत्वको आठ जनाको समूहले शुरु गरेको एक विगाह १७ कट्ठामा फैलिएको नेपाल एग्रो भाईन फार्मको १४ कट्ठा जमिनमा यतिबेला लटरम्म स्टेवरी फलेको छ । उक्त फार्ममा गमला र ससानो ठाउँमा त्यसमा पनि ससाना दाना स्टेवरी देखेका युवा युवतीहरुको दैनिक भीड लाग्ने गरेको छ । त्यसमा पनि आफँै टिप्न र खान पाउने भएपछि भीड पनि नलागोस् किन ? यसै वर्षबाट शुरु गरेको स्टेवरी खेती हेर्न र स्टेवरी खान यति बेला दैनिक आउने गरेको समूहले आफ्नो व्यवसायको प्रवद्र्धनमा सहयोग पुगेकोमा देवकोटा खुशी हुनुहुन्छ । तर, पछिल्ला केही दिन यता दैनिक हुने गरेको भीड थाम्न नसक्दा केही समस्या पनि झेल्नु परेको उहाँको अनुभव छ । विदेशमा जस्तो सिक्ने अवसर मिल्यो त्यस्तै प्रकृया अपनाउँदै आफँै टिप्न पाउने बताउँदै उहाँ भन्नुहुन्छ, “नयाँ खेती लगातारको अध्ययन र अनुसन्धानमा मैले त्यही प्रयोग गर्न खोजेँ । हुलका हुल मानिस आउन थालेपछि यसले दीर्घकालीन रुपमा आफ्नो उत्पादन चिनाउन सहयोग मिल्ने सोचेँ । तर, पछिल्ला दिन मानिसको चाप बढी भएका कारण एक दुई दिन बिराएर मात्र फार्म सर्वसाधारणको लागि खोल्ने गरेको छु ।”

विदेशमा सिकेको सीप नेपाली भूमिमा प्रयोग गर्न पाउँदा त्यसमा पनि स्नातकदेखि विद्यावारिधिसम्मका लागि अनुसन्धान स्थलको रुपमा प्रयोग गर्ने अवसर प्रदान गर्न पाउन उहाँको लागि ठूलो सफलता हो । नेपालमा कृषि स्नातक गरी अमेरिकाको फ्लोरिडा विश्वविद्यालय (युनिभर्सिटी अफ फ्लोरिडा)बाट किट विज्ञानमा स्नातकोत्तर गरेका कृषक देवकोटाले सोही विश्वविद्यालयमा तीन वर्ष अनुसन्धान सहायक र ल्याव म्यानेजर भएर काम गरेको बताउनुहुन्छ । त्यहाँ पनि स्टेवरी खेतीमै आफ्नो प्रयोगात्मक सीप सिक्ने अवसर पाएका कारण उहाँले नेपाल फर्केपछि तीन वर्ष अगाडिदेखि विराटनगरको रंगेली र सुनसरीको बाराहाक्षेत्रमा स्टेवरी लगाउन शुरु गर्नुभएको थियो । चितवनमा भने यसै वर्ष शुरु गरेको उहाँले बताउनुभयो । भदौ असोजमा विरुवा लगाउनुपर्ने सरकारी झमेलाले कात्तिकमा मात्र विरुवा लगाउन पाएकाले शुरुआतमा उत्पादन नै हुँदैन की भन्ने चिन्ता थियो उहाँलाई तर, यतिबेलासम्म आइपुग्दा ठिकै उत्पादन होला भन्ने अनुमान छ ।

चार विदेशमा र चार जना नेपालमै भए पनि महत्वपूर्ण जिम्मेवारीमा भने देवकोटा आफैले निर्वाह गरेको बताउनुहुन्छ ।

कृषि नेपालको लागि मात्र नभएर विश्वकै लागि महत्वपूर्ण व्यवसाय भएको दाबी गर्ने देवकोटा आफूहरु कृषि क्षेत्रबाट नै आएका कारण बिचोलिया र व्यापारीहरुले ठग्न नसक्ने बताउनुहुन्छ । उहाँले कृषिको बहुआयामिक महत्व रहेको बताउँदै भन्नुभयो, “नेपालको कृषि नजानेको कसैले छैन, पुरै जानेको पनि कसैले छैन । म आफू पनि स्टेवरीको विषयमा सिक्दै छु ।”

उहाँले यस पटक विभिन्न सात प्रजातिका स्टेवरी लगाउनुभएको छ । कृषि विद्याविद्यालयका एक सोधकर्ताले एक प्रजाति थप गरी आठ प्रजातिका स्टेवरीमा अध्ययन गर्दै हुनुहुन्छ । बाँकी मध्ये एक विघामा खर्बुजाको भर्खरै विरुवा लगाएको अवस्था छ भने, स्टेवरी उत्पादन शुरु भएको छ । उहाँको बारीको स्टेवरी उहाँले अध्ययन गर्नुभएको अमेरिकाको फ्लोरिडा विश्वविद्यालयले विकास गरेका सात जातका स्पेन र भारतमा उत्पादन गरिएका १५ हजार विरुवाबाट उत्पादन शुरु भएको छ । भारतबाट ल्याइएका अधिकांश बिरुवा मरेपछि त्यो ठाउँमा उहाँले वैकल्पिक खेती गर्न थाल्नुभएको छ ।

दश लाख रुपियाँ लगानीबाट शुरु भएको उहाँको यो फार्ममा २५ लाख लगानी पुगिसकेको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

SC bars CIAA from conducting Sting Operations

Seto Machhendranath chariot procession begins

FNCCI calls applications from Startups

Nepal beats Netherland By 9 wickets

19 injured on first day of Bisket Jatra




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter