एक्सक्लुसिभ समाचार

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट, असार २६ गते । त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पुर्‌याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन […]


बाघदरबार नामले चिनिने हरि भवन भत्काइने

काठमाडौँ, असार २५ गते । पुरातत्व विभागले भत्काउन स्वीकृत दिएपछि बाघदरबार नामले चिनिने हरि भवन भत्काइने भएको छ। “ करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हालको हरिभवन तीन तत्लाको छ, भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने छ,” काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता नवराज ढकाल भन्नुहुन्छ । भत्काउने काम शुरु भएको तीन महिनामा सक्ने र रु एक अर्ब […]


बाढी नियन्त्रणमा प्रभावकारी “प्रकोपाइन” प्रविधि

विराटनगर, असार २३ गते । मोरङ जिल्ला भएर बग्ने विभिन्न नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाइने यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको छ । बाँस, बाँसको कर्च, र घाँस, पराल, भुुसको प्रयोग गरेर अस्थायी रुपमा प्रकोपाइन प्रविधि […]


नारायणगढ–मुग्लिन सडक वर्षामा पर्ख र हेरको अवस्थामा

चितवन, असार २२ गते । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् । वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ । सोही क्षेत्रमा चार किलो भन्ने क्षेत्र पनि पर्छ । अधिकांश […]


मूल्यसूची, बिलविजक राख्न व्यवसायीलाई निर्देशन

काठमाडौँ, असार २१ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको छ । यस आवभित्र पाँच हजार […]


सडक विस्तारको वातावरणीय प्रभाव मूल्याङ्कन गरिँदै

  भक्तपुर, असार २० गते । सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिकाले उक्त सडकखण्डको इआइएका बारेमा छलफल गर्न मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा अन्तक्रिया कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले सडक विस्तार र स्तरोन्नतिका क्रममा ढल निकास र खानेपानीको पाइपलाइन व्यवस्थित गर्न पहल भइरहेको बताउनुभयो । […]


स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ

काठमाडौँ, असार १९ गते । नेपालमा पनि सार्वजनिक नीति विषयमा विश्वविद्यालय तहमा पढाइ हुने भएको छ । काठमाडौँ विश्वविद्यालयले सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सो विषयमा पढाइ शुरु गर्न लागेको हो । मानविकी, व्यवस्थापन, कानूनलगायत विषय पनि सो विषयमा समावेश हुनेछन् । विशेषगरी सरकारका विषयगत मन्त्रालयलाई आवश्यक पर्ने नीति र नीतिलाई कार्यान्वयनमा ल्याउने […]


कोशी कटानमा दुर्घटना, छजनाको मृत्यु, चार घाइते

इनरुवा, असार १९ गते । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको […]


बन्न सकेन जल ऐन

ललितपुर, असार १८ गते । नदीबाट हुने प्रकोपका कारण वर्षेनी धेरैको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन । ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने व्यवस्था हुन नसकेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा बताउनुहुन्छ । विभागले गत वर्ष ऐनको मस्यौदा बनाएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पठाएको थियो […]


जीर्ण सडकमा गाडी चलाउन समस्या

रसुवा, असार १७ गते । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने पासाङल्हामु राजमार्गको रसुवाखण्डका अधिकांश सडक जीर्ण हुँदा वर्षायाममा सवारी साधन गुडाउने चालकलाई समस्या पर्दै गएको छ । सडक सतहमा बढी खाल्टाखुल्टी भएको तथा खोपाङ, मूलखर्क र राम्चे क्षेत्रमा पहिरो गएका कारण सवारी साधन चलाउन असहज बन्दै गएको छ । मालवाहक कन्टेनर तथा ट्रक कुन बेला […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter