समाचार

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार)देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नम्बर ३१ भीमसेनगोलामा […]


गैरकानुनी सम्पत्ति आर्जन मुद्दा अख्तियारले गर्‍यो सर्वोच्चमा पुनरावेदन

काठमाडौं, वैशाख ४ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालत काठमाडौँबाट भएको फैसला चित्त नबुझेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा पुनरावेदन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये बद्री राज ढकाल, सिर्जना अर्याल ढकाल र नवराज अर्यालविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो । प्रतिवादी ढकाल सार्वजनिक […]


लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौं, वैशाख ३ गते । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा […]


भूकम्प पीडितलाई स्थायी आवासको व्यवस्था गर्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, वैशाख ३ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोटलगायतका भूकम्प पीडितलाई वर्षात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा बोल्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो । त्यसैगरी, उपप्रधानमन्त्री लामिछानेले भूकम्प पीडितको अधिकार सङ्कुचन नहुने गरी […]


सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ

काठमाडौँ, वैशाख २ गते। नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ। उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्‍याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो। आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गर्नुभयो। यससँगै यो […]


रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित

काठमाडौं वैशाख २ गते । सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन […]


‘विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ’: राष्ट्रपति पौडेल

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले बिदेसिएका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राख्नुभएको हो । यसप्रति […]


एक लाख ६८ हजार भक्तजनले गरे पाथीभराको दर्शन

चन्द्र पन्दाक / ताप्लेजुङ, चैत ३० गते। चैत मसान्त सम्ममा एक लाख ६८ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार (आज) ५ बजेपछि सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत मसान्त सम्ममा कुल एक लाख […]


एक लाख ३० हजार चल्ला उत्पादन

गजेन्द्र गुरुङ / खजुरा, चैत २९ गते । बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले यो आर्थिक वर्षमा एक लाख ३० हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ । लोकल प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको फार्मले हासम्ममा एक लाख ३० हजार बढी विभिन्न जातका लोकल प्रजातिका कुखुराका चल्ला उत्पादन […]


मतदानको अधिकार उपयोग गर्न आग्रह

इलाम, चैत २९ गते । आगामी वैशाख १५ मा हुन लागेको इलाम–२ को उपनिर्वाचनमा सबै मतदातालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरोकारवाला पक्षसँग अधिकारकर्मीले आग्रह गरेका छन् । उपनिर्वाचनको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश र नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजनामा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सो आग्रह गरिएको हो । राष्ट्रिय […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter