समाचार

चार महिनामा २० प्रतिशत बजेट खर्च

काठमाडौं, मंसिर २ गते । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ। सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको […]


सगरमाथा क्षेत्र जोड्ने सडकलाई राष्ट्रिय योजनामा पार्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, मंसिर २ गते । सोलुखुम्बु पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न माग गरेको छ । शनिवार त्यस क्षेत्रमा पुगेका प्रचण्डलाई गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । हवाई यातायातको भर पर्नु परेकोले त्यस क्षेत्रमा यातायातको सहज पहुँचको लागि प्रदेश […]


जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, मङ्सिर ०१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा बनिरहेको बताएका छन् । ग्लोबल साउथ समिटमा सम्बोधन गर्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार बहन गरिरहेको बताए । उनले भनेका छन्, ‘हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा […]


टिकटक बन्देजविरुद्ध १० वटा रिट दर्ता, मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ; सबै अदालतमा सूचना अधिकारी तोक्न आयोगको निर्देशन

काठमाडौँ, मङ्सिर ०१ गते ।। टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो । सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको छ । मङ्सिर ४ गते सो […]


मंसिरका लागि १३ वाणिज्य बैंकले घटाए ब्याज, सबैभन्दा बढी घटाउनेमा एनआईसी एशिया र एनएमबि

काठमाडौं, कात्तिक ३० गते । अधिकांश वाणिज्य बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले बढाएको छ भने ६ वटा बैंकले ब्याजदर […]


बाँसका सामग्री बनाएर आम्दानी गर्दै डोम समुदाय

काठमाडौं, कात्तिक ३० गते । छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरु डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन् । मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भने, ‘जीवनका हरेक दुःख विर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व छठ हो ।’ छठ पर्वमा विभिन्न परिकार पकाएर […]


शो र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्मको प्रदर्शन रोक्ने ‘दिमाग खराब’ निर्माताको घोषणा

काठमाडौं, कात्तिक २९ गते । शो संख्या र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेका छन् । निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्- हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल […]


मिटरब्याज नियन्त्रणको ‘साइड इफेक्ट’: ऋण पाउनै गाह्रो

काठमाडौं, कात्तिक २९ गते । मिटरब्याजमा संलग्न साहुहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएपछि कयौँ ऋणीले राहत महसुस गरेका छन् । तर, मिटरब्याजविरुद्धको कारबाहीले ऋण नपाउँदा ग्रामीण क्षेत्रका कतिपय न्युन आयस्तर भएकाहरु समस्यामा समेत परेका छन् । जसका कारण चाडपर्व, विवाह, ब्रतबन्ध, औषधि उपचार, पढाइ लेखाइका अतिरिक्त वैदेशिक रोजगारीमा जान समस्या भएको नवलपरासीका गोपाल यादव बताउँछन् । […]


विभिन्न ठाउँमा मनाइयो नेपाल संवतको नयाँ वर्ष ११४४; नेपाल संवत् नेवारहरुको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री

काठमाडौं, कात्तिक २८ गते । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्‍याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, […]


दश लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझै

काठमाडौं, कात्तिक २८ गते । मुलुकभरमा खेतीयोग्य जमिनको कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी खेत बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । पहाडी क्षेत्रबाट बसाइसरेर तराई झर्नु, खेतीका लागि उत्पादन लागत बढ्नु, काम गर्ने जनशक्ति नहुनु लगायत कारणले १० लाख ३० […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter