समाचार

ओली–प्रचण्डको गोप्य सहमतिः पार्टी एकता यसैसाता

Dahal-Oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज गोप्य भेटवार्ता गरेका छन् । भेटमा यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको ‘वान टू वान’ वार्तामा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् । पार्टी एकतापछि नेतृत्व […]


डोरमणि पौडेल प्रदेशको नं ३ को मुख्यमन्त्री नियुक्त

Dormani Poudel

हेटौँडा, माघ २८ गते । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले आज नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा (एमाले) प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको छ । प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिनुभयो […]


फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौ- अध्यक्ष ओली

kp oli

काठमाडौँ, माघ २८ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौँ न त भन्ने समय नरहेको धारणा […]


३० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थपियाे

Electricity

दार्चुला । चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । शनिबार आयोजना स्थलमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउबाले आयोजनाको उद्घाटन गरे । योसँगै ३० मेगावाट विद्युत पनि राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ । दार्चुलाको शिखर बलाँचमा रहेको उक्त आयोजनाको १५/१५ मेगावाट क्षमताका दुईवटा युनिट छन् । पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् उत्पादन थालेर राष्ट्रिय […]


निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने- उपराष्ट्रपति पुन

Vice President Pun

काठमाडौँ, माघ २७ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने बताउनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघको १८औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आयात बढी भएकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु पाँच खर्ब व्यापार घाटा रहेको बताउनुभयो । “चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट […]


स्वास्थ्य संस्थामा प्रसूति गराए, गाउँपालिकाबाट दुई हजार भत्ता

Local Structure

सोलुखुम्बु, माघ २७ गते । महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ । आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार एक महिनाको अवधिमा दुई जना आमाले भत्ता […]


प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक, कुन दलकाे कति सीट ?

Election Commission

काठमाडौँ, माघ २६ गते । निर्वाचन आयोगले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ नतिजा सार्वजानिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पाएको सिट संख्या सावैजानिक गर्ने निर्णय गरेको हो । बैठकले आजै सम्बन्धित राजनीतिक दलहरूलाई सिट संख्या […]


मोटरबाटोबिनै गाडी खरिदको बोलपत्र

Map of Humla District

हुम्ला, माघ २६ गते । सिमीकोट गाउँपालिकाले यही माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । गाउँपालिकाले गाडी खरिदका लागि रु ४३ लाख ५५ हजार २३० विनियोजन गरेको पाइएको छ । बिना पूर्वाधार गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान गरेको हो । राष्ट्रिय सडक सञ्जालले समेत नजोडिएको एकमात्र जिल्ला […]


सेवोनको नयाँ नियम : अध्यक्ष र प्रमुख कार्यकारी एउटै हुनुहुन्न

SEBON

काठमाडौँ, माघ २६ गते । सरकारले कुनै पनि संस्थाको अध्यक्ष र प्रमुख कार्यकारीमा एकै व्यक्ति रहन नपाउने व्यवस्था गरेको छ । वित्तीय अनुशासन कायम गर्न नेपाल धितोपत्र बोर्ड(सेवोन)ले सूचीकृत संस्थाको संस्थागत सुशासन कायम गर्न जारी गरेको ‘संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४’ मा उक्त व्यवस्था गरेको हो । बोर्डका प्रवक्ता नीरज गिरीकाअनुसार कुनै पनि संस्थाको सञ्चालक […]


ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान

new-gas-industry

काठमाडौँ, माघ २५ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ । विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । विभागले उक्त ग्यास उद्योगमा दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । […]




Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya