समाचार

आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन- प्रधानमन्त्री देउवा

Sher Bahadur Deuwa

विराटनगर, भदौ २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो । निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले […]


सबै प्रान्तमा कला क्याम्पस स्थापना हुनुपर्ने

Art exhibition

काठमाडौँ, भदौ २६ गते । नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने अग्रज कलाकार गोविन्दलाल सिंह डंगोलले बताउनुभएको छ । ललितपुर, पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १७औंँ शृङ्खलामा डंगोलले कलाको विकास र प्रवद्र्धनमा योजनागत रुपमा काम गर्नुपर्ने बताउँदै भन्नुभयो, “नेपाली कलाको विकासमा कला शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा […]


खोइ स्थानीय तहमा सुविधा ?

Federal States

नगेन्द्र सापकोटा / काठमाडौँ, भदौ २६ गते । स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई उत्प्रेरित नगर्ने होे भने सेवा प्रवाहमा समस्या आउने दाबी विज्ञहरूले गरेका छन् । सरकारले स्थानीय तहमा कर्मचारीलाई जबरजस्ती धकेल्नेभन्दा पनि स्थानीय तहले कर्मचारीलाई स्वतः आकर्षण गर्नुपर्ने पनि स्थानीय शासन विज्ञहरूले औँल्याउनुभएको छ । स्थानीय तहमा काम गर्दा भौगोलिक विकटता, आफन्तबाट टाढा […]


गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नुपर्ने समस्या

Nepal Rastra Bank

म्याग्दी, भदौ २६ गते । म्याग्दी जिल्लाको एक नगरपालिका सहित छ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण,स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ । बैंक नभएका कारण कारोबारका लागि सबै सदरमुकाम धाउन बाध्य भएका छन् । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बैंकको कामकै लागि दिनभर लगाएर सदरमुकाम आउन बाध्य भएको बताउनुहुन्छ […]


पन्ध्र अर्बभन्दा बढीको सहयोग

ADB

काठमाडौँ, भदौ २५ गते । एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी […]


थप छ जिल्लामा बालपोषण भत्ता वितरण गरिने

children-jajarkot

काठमाडौँ, भदौ २५ गते । सरकारले यस वर्ष थप छ जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्न थालेको छ । केन्द्रीय पञ्जीकरण विभागले अति गरिबीको सूचाङ्कमा रहेका जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्ने तयारी थालेको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिनुभयो । विभागले ५ वर्षमुनिका बालबालिकालाई मासिक रु ४०० बालपोषणबाट भत्ता दिने गरेको छ । गरिब […]


‘विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्याका समाचार दिँदा सचेत हुनुपर्ने’

Suicide

काठमाडौँ, भदौ २५ गते । सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा संवेदनसील हुनुपर्नेमा जोड दिइएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेशनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागिले आत्महत्यालाई पे्ररित गर्ने खालका शीर्षक र समाचारको आशयका समाचार लेख्नबाट बच्नुपर्नेमा जोड दिइएको थियो । मनोविज्ञानमा विद्यावारिधि […]


गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल उत्पादन

cow-shed

बाँके, भदौ २४ गते । बाँके डुडुवा गाउँपालिका– ४ कम्दी पदमपुरस्थित शिवगायत्री विद्या विस्तार गौशाला गुरुकूल आश्रम गौशाला संकटमा परेको छ । जैविक खेतीका लागि प्राङ्गारिक मल उत्पादन, स्थानीय जातका गाईको संरक्षण, गौमुत्रबाट औषधि बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको गौशालामा ५५ वटा गाई र बाच्छाबाच्छी छन् । तर गौशालाको उचित व्यवस्थापन र स्तरोन्नतीका लागि सरकारले बेवास्ता गर्दा […]


निर्वाचनको पर्यवेक्षण गर्न इच्छुकलाई आवेदन दिन आयोगको आह्वान

Election Commission

काठमाडौँ, भदौ २४ गते । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्था, समुदाय र व्यक्तिलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको छ । निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गरी निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्था, समुदाय र व्यक्तिलाई यही भदौ २९ गतेदेखि आगामी असोज १४ गतेभित्र आवश्यक […]


सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

cement

काठमाडौँ, भदौ २३ गते । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले रासससँग कुरा गर्दै […]




Advertise Section 7

TOP NEWSview all

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi

Nepal makes scant progress in rebuilding 2 years after quake