राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन कात्तिक ११ गते

President House

काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका– संसद्मा यही कात्तिक ११ गते हुने भएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा (२) अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा (३) बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने जानकारी दिनुभयो ।

उहाँले व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २६ र ३८ को उपदफा (१) बमोजिम ती पदका लागि निर्वाचनको मिति तोकिनुका साथै व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नुभयो ।

साथै सभामुखले निर्वाचनको कार्यतालिका आजै सार्वजनिक गर्न निर्वाचन अधिकृत भट्टराईलाई निर्देशन दिनुभयो ।

त्यसअघि बैठकमा सभामुखले मन्त्रिपरिषद् गठन र कार्यविभाजनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गर्नुभएको थियो ।

सभामुखमा निर्वाचित भएपछि उहाँले सञ्चालन गरेको यो पहिलो बैठक हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter