गरिबसँग विश्वेश्वर चार गाविसमा

biswesworप्युठान, ३ मङ्सिर । गरिबसँग विश्वेश्वर कार्यक्रम जिल्लाका दुई गाविससहित एक नगरपालिकाको दुई वटा वडामा सुरु भएको छ ।

जिविसअन्तर्गत रहने गरी जिल्लाका दुर्गम गाविसका रुपमा रहेका लिघा र कोचिवाङ गाविसमा वित्तीय लगानी गर्ने गरी कार्यक्रम सुरु भएको हो । त्यस्तै प्युठान नगरपालिकाका दुई वटा वडा (तत्कालीन धर्मावती र खादाक्वाडी गाविस) मा पनि कार्यक्रम सुरु गरिएको जिविस प्युठानले जनाएको छ ।

स्थानीयस्तरमा रहेका गरिब जनताको जीवनस्तर उकास्ने गरी आयआर्जनमूलक र रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम सुरु गरिएको कार्यक्रमका जिल्ला सहजकर्ता ईश्वरीप्रसाद रेग्मीले बताउनुभयो । कार्यक्रमअन्तर्गत जिल्लाभरमा पुँजीगततर्फ रु सात लाख ८० हजार र चालुतर्फ रु छ लाख २० हजारको बजेट तत्कालका लागि अख्तियारी आएको छ ।

कार्यक्रमले गरिबसँग विश्वेश्वर समूह गठन गरी एक समूहमा रु ७० हजारसम्मको वित्तीय लगानी गर्ने तयारी गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter