मुस्ताङमा रु २९ करोडको स्याउ बिक्री

apple farmमुस्ताङ, ७ मङ्सिर । जिल्लाका किसानले यस वर्ष रु २९ करोड बराबरको स्याउ बिक्री गरेका छन् ।

स्याउको राजधानी मानिने मुस्ताङमा गत वर्षभन्दा सात प्रतिशत स्याउको उत्पादन घटे पनि किसानले भने आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार चार हजार ७५० मेट्रिकटन स्याउ उत्पादन भएकामा तीन हजार ६०० मेट्रिक टन स्याउ बिक्री गरिएको थियो । किसानले बोटमा दाना लाग्नेबित्तिकै व्यापारीलाई प्रतिकिलो रु ८० का दरले ठेक्कामा बिक्री गरेका थिए ।

जिल्लाभरका किसानले स्याउ बिक्रीबाट रु २८ करोड ८० लाखभन्दा बढी आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालय, मुस्ताङका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, स्याउमा फूल र दाना लाग्ने बेलामा भारी हिमपात र अत्यधिक चिसोका कारण गत वर्षभन्दा स्याउको उत्पादन घटेको थियो । कार्यालयको तथ्याङ्कअनुसार, गत वर्ष पाँच हजार १०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । सबैभन्दा बढी मार्फा गाविसमा स्याउ उत्पादन भएको थियो ।

किसानले कम्तीमा रु १० लाखदेखि बढीमा रु एक करोडसम्म खुद आम्दानी गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको मार्फासहित जोमसोम, टुकुचे, कागबेनी, मुक्तिनाथ क्षेत्रलाई स्याउ उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । जिल्लाभर ९९७ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको छ ।

त्यसमध्ये ३३० हेक्टरबाट स्याउ उत्पादन भइरहेको छ । “एकै मौसममा राम्रो आम्दानी हुने भएपछि जिल्लाका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन्” – योजना अधिकृत गुरुङले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter