हार्दिक श्रद्धाञ्जली दा !
डा.लेखप्रसाद निरौला ।
कहाँ मानवको सृष्टि ! कहाँ राष्ट्र सुधाकर !
दुवैको नित्य सम्बन्ध भै’दिए स्वर्ग मन्दिर ।
प्रयत्न मनले गर्ने सुराष्ट्र नव जीवन
धन्य मानव ती कोही सुशील स्पन्द नन्दन ।
त्याग सात्विक सन्मार्ग निष्ठा राष्ट्र समुन्नत
निःस्पृह मनका धन्य सुशील कर्म सुब्रत !
धीरोदात्त मिष्ठभाषी सुदीर्घ साधना प्रिय
ब्रह्मचारी सदाचारी सुशील शील सक्रिय ।
अनन्त त्यागका कर्म चिरस्थायी विलक्षण
श्रद्धाञ्जली भावपूर्ण अर्पिन्छ राष्ट्र यो क्षण !!