पुनःनिर्माणको काम निर्धारित समयमै हुन्छ– गृहमन्त्री बस्नेत

 shakti basnet

 

काठमाडौँ, १९ फागुन । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपछिको पुनःनिर्माणको काम निर्धारित समयमै पूरा गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

महिला, कानुन र विकास मञ्च, वियोङ बेइजिङ कमिटी, जागरण नेपाल, एड्भोकेसी मिडिया ग्रुपलगायतका संस्थाले आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी विपद् व्यवस्थापन’ विषयक दुईदिने सम्मेलनको आज समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री बस्नेतले पुनःनिर्माणको काम निर्धारित मितिमै सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको र सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

“भूकम्प गएपश्चात् प्रारम्भिक चरणको काम पूरा भएको छ, अब पुनःनिर्माणको काम तोकिएको समयमै पूरा गर्न सबैको सहयोगको अपेक्षा गर्छु”– गृहमन्त्री बस्नेतले थप्नुभयो ।

उहाँले भूकम्पपीडितमा पनि सबैभन्दा बढी प्रभावितलाई सरकारले पहिलो प्राथमिकता दिएको र राहत, ऐन, नियम, प्राधिकरण गठनलगायतले गर्दा पुनःनिर्माणको काममा ढिलाइ भएको उल्लेख गर्नु भयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter