हनुमानढोका पु¥याइयो सेतो मच्छिन्द्रनाथको रथ

Machindranath Jatraकाठमाडौँ, ३ वैशाख । बिहीबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आज हनुमानढोका पु¥याइएको छ ।

प्रत्येक वर्ष चैतेदसैँका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थानीय जनबहाल, इन्द्रचोक, मखन हुँदै आज रामनवमीको दिन हनुमानढोका पु¥याइएको हो ।

स्थानीय जनबहालमा रथ पु¥याउँदा स्थानीयवासीले रथलाई केही बेर रोकेर विशेष पूजासमेत गरी प्रसाद वितरण गरेका थिए ।

रथलाई आज हनुमानढोकामा नै राखिने पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै व्यवधान नपरे तीनदिनमा रथलाई लगनटोल पु¥याइने चलन छ । त्यहाँ रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा विधिपूर्वक दर्शन गराइन्छ । रथबाट मूर्तिलाई खटमा राखी पुरानै स्थानमा फर्काइएपछि रथयात्रा सम्पन्न हुन्छ ।

सेतो मच्छिन्द्रनाथलाई आरोग्यता र करुणाको प्रतीकका रुपमा लिइने गरिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter