बजेटमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता

government logoकाठमाडौँ, १२ जेठ । आर्थिक वर्ष २०७३÷२०७४ को बजेटमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिइएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगकी सदस्य डा सुमित्रा अमात्यले बजेटको प्राथमिकताका विषयमा रासससँग कुरा गर्दै “बजेटमा भौतिक पूर्वाधार, सडक, रेल र यातायात व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ, पूर्वाधार नै विकासको आधार भएकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको हो”– भन्नुभयो ।

पूर्वाधारको निर्माण सुरक्षित र वातावरणमैत्री हुने आयोगले जनाएको छ । संरचनागत क्षमता सुधारमा बजेटले प्राथमिकता दिनेछ । काठमाडौँ उपत्यकालगायत देशभरको यातायात अस्तव्यस्त रहेकाले त्यसको सुधारका लागि यातायात व्यवस्था विभागको क्षमता अभिवृद्धि गरिने उहाँले बताउनुभयो ।

रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गलाई पनि बजेटबाटै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइने भएको छ । आर्थिक केन्द्र र सात प्रदेश जोड्ने सडकलाई पनि बजेटले प्राथमिकता दिने आयोगको भनाइ छ । काठमाडौँ–निजगढ दु्रतमार्गलाई बजेटले महत्वका साथ अगाडि बढाउँदैछ ।

देशभरका तुइन विस्थापनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई मागेजति बजेट दिन लागिएको उहाँले बताउनुभयो । गाउँ जोड्ने सडकलाई पनि बजेटले महत्व दिएको छ । बजेटमार्फत तराई क्षेत्र सीमा विकास कार्यक्रम पनि अगाडि सारिनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter