रानीपोखरीको पुनःनिर्माण तीव्र रुपमा अघि बढ्दै

Ranipokhari Templeकाठमाडौँ, १७ जेठ । लामो समयपछि सुरु भएको रानीपोखरीको पुनःनिर्माणको काम तीव्र रुपमा अघि बढिरहेको छ ।गोरखा भूकम्प’का कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्ण रुपमा भत्केको थियो । सो मन्दिर भाइटीकाका दिन मात्र खुल्छ, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् ।
रानीपोखरीको पुनःनिर्माण अन्तर्गत अहिले पोखरीको दायाँबायाँ रहेको बार निकाल्ने काम भइरहेको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताउनुभयो । हाल बालगोपालेश्वर मन्दिरको माथिल्लो भाग भत्काउने काम सकिएको र पोखरीको आसपासमा रहेको बगैँचा पुनःनिर्माण गर्ने काम भइरहेको कँडेलले जानकारी दिनुभयो ।

पुनःनिर्माण अन्तर्गत पोखरीमा रहेको केही पानी निकालिसकिएको र अब केही पानी निकालेपछि पोखरीको अन्य काम सुरु हुने बताइएको छ । पोखरीमा रहेका माछा भने बालाजु बाइसधारामा लगिएको छ । पानी फाल्ने काम सकेसँगै महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको हिलो फाल्ने काम सुरु हुने जनाइएको छ ।

झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने कामका लागि कति जनशक्तिको आवश्यकता पर्ने, कति खर्च लाग्ने, हिलो कहाँ व्यस्थापन गर्ने भन्ने यकिन नभएको कामपाले जनाएको छ । रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर बार निर्माण गरिने, बोटबिरुवा रोपिने तथा हरियाली बनाइने बताइएको छ ।

ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’ प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउनका लागि निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी निर्माण गरिएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उहाँका छोराहरु सहितको सेतो मूर्ति छ । पोखरीकै चारै कुनामा सोह्रहाते गणेश लगायत मन्दिर छ । रानीपोखरीमा केही वर्षदेखि छठ पर्व पनि मनाउन थालिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter