सन्दर्भ : विश्व धुम्रपानविरुद्धको दिवस, नेपालमा क्यान्सर भएकामध्ये धुम्रपानका कारण ३२ प्रतिशत

Tobacco goodsनारायण अधिकारी / चितवन, १८ चैत । नेपालमा भेटिएका नयाँ क्यान्सर रोगीमध्ये ३१.७४ प्रतिशत सुर्तीजन्य पदार्थका कारण भएको पाइएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका १२ वटा अस्पतालबाट सङ्कलन गरेको तथ्याङ्कमा यस्तो देखिएको हो । सन् २००३ बाट सन् २०१२ सम्म आठ वटा अस्पतालको तथ्याङ्क सङ्कलन गरिएकोमा सन् २०१३ मा १२ वटा अस्पतालको तथ्याङ्क सङ्कलन गरिएको थियो ।

बिरामीको रोग निको भएपछि मात्रै एकिन तथ्याङ्क आउने हुँदा अहिले भएको तथ्याङ्कनै पछिल्लो र आधिकारिक रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोग नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार सन् २०१३ मा आठ हजार ७२९ जना नयाँ क्यान्सरका रोगी देशका १२ वटा अस्पतालमा उपचारका लागि आएका थिए । जसमध्ये दुई हजार ७७१ जना सुर्तीजन्य पदार्थका कारण क्यान्सर भएका बिरामी आएको उहाँले बताउनुभयो । तीमध्ये पनि फोक्सोको क्यान्सर सबैभन्दा बढी ४२ प्रतिशत छ भने घाँटीको १३ प्रतिशत, अन्ननलीको छ प्रतिशत मुखको छ प्रतिशत, जिब्रोको आठ प्रतिशत, पिसाबथैलीको १.५ प्रतिशत, ओठको एक दशमलब ३ प्रतिशत, टन्सीलको १.४ प्रतिशत, गिँजा र तालुको एक एक प्रतिशत रहेको उहाँले बताउनुभयो ।

समग्र तथ्याङ्कमा ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष भएपनि सुर्तीजन्य पदार्थका कारण क्यान्सर भएकामा भने ६५ दशमलब ३४ प्रतिशत पुरुष र ३४ दशमलब ४६ प्रतिशत महिला रहेका छन् । सूर्तीजन्य पदार्थ बढी पुरुषले प्रयोग गर्ने भएकै कारण पुरुषको सङ्ख्या बढी रहेको प्रधानाङ्गले बताउनुभयो । जसमा एक हजार ८१६ पुरुष र ९५५ महिला रहेका छन् ।

कूल भेटिएका क्यान्सरका बिरामीमध्ये सूर्तीजन्य पदार्थको सबैभन्दा बढी ३१ दशमलब ७४ प्रतिशत छ भने त्यसपछि बढी फोक्सोका १३ प्रतिशत, पाठेघरको मुखको नौ दशमलब ५ प्रतिशत, स्तनको आठ दशमलब ६ प्रतिशत रहेको छ ।

क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आएको पाइएको छ । कूल बिरामीको ४८ प्रतिशत यो अस्पतालमा उपचारार्थ आएको प्रधानाङ्गले बताउनुभयो । त्यसपछि क्रमशः भक्तपुर क्यान्सर अस्पतालमा १६ प्रतिशत, वीर अस्पतालमा ११ प्रतिशत, त्रिवि शिक्षण अस्पताल महारागजन्जमा नो प्रतिशत, बिरामी उपचारको लागि आएको उहाँले बताउनुभयो ।

तथ्याङ्कमा सबैभन्दा बढी क्यान्सर हुने पुरुषको उमेर ७० देखि ७४ वर्षसम्म र महिलाको ४५ देखि ४९ वर्षसम्मको रहेको पाइएको छ । यो उमेरका पुरुष १६ प्रतिशत र महिला १२ प्रतिशत रहेको बताउँदै प्रधानाङ्गले महिलाको भन्दा पुरुषको रोग ढिलो गरी पत्ता लाग्ने गरेको बताउनुभयो ।

तथ्यांक अनुसार सबैभन्दा बढी काठमाडौंका १३ प्रतिशत बिरामी रहेका छन् भने सुनसरी पाँच प्रतिशत, मोरङ चार प्रतिशत, कास्की ३.६ प्रतिशत, झापा ३.६ प्रतिशत, रुपन्देही ३.४ प्रतिशत, चितवन ३.२ प्रतिशत र नवलपरासी २.६ प्रतिशत रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा एक अर्ब मानिसले धुम्रपान गर्ने गरेका छन् । सुर्तीसेवन गर्नेमध्ये ८० प्रतिशत विकासोन्मुख देशका बासिन्दा रहेका छन् । सङ्गठनका अनुसार धुम्रपानकै कारण प्रत्येक वर्ष विश्वमा ६० लाख मानिसले अकालमा ज्यान गुमाउने गरेको बताइएको छ । जसमध्ये ५० लाखभन्दा बढी मानिस प्रत्यक्ष आफैँ सुर्ती सेवनका कारण मृत्युवरण गर्छन् भने अन्य मानिस अप्रत्यक्षरूपमा गरिएको (अरूले सेवन गरेको) धुम्रपानको असरबाट ज्यान गुमाउँछन् ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. भोला रौनियार सुर्तीजन्य पदार्थका कारण मुखदेखि पिसाबथैलीसम्मको क्यान्सर हुने बताउँनुहुन्छ । यसले थुप्रै खालका क्यान्सर बनाउने बताउँदै उहाँले भन्नुभयो “सूर्तीजन्य पदार्थमा निकोटिन हुन्छ, जसले मानिसलाई बानी पार्छ र खाएपछि मान्छे फूर्तिलो हुने अनुभवका साथ बढी खाएर प्रभावित हुन्छन् ।”

नेपालमा १७ हजारभन्दा बढी मानिसको प्रत्येक वर्ष सुर्तीसेवनका कारण मृत्यु हुने गरेको सरकारी तथ्याङक छ । विश्व स्वास्थ्य सङ्गठनले यस वर्षको धुम्रपानविरुद्धको दिवसमा ‘सुर्तीजन्य पदार्थको प्याकेटलाई सादा बनाउ’ भन्ने नारा तय गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter