भानु जन्मस्थललाई साहित्य धामका रुपमा विकास गर्नुपर्ने’
दमौली, २९ असार । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्य धामका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
दुई सय तीनऔँ भानु जयन्तीका अवसरमा भानु जन्मस्थल विकास समितिको आयोजनामा चुँदी रम्घामा आज आयोजित कार्यक्रममा नेकपा (एमाले)का स्थानीय नेता प्रतापलाल श्रेष्ठले चुँदी रम्घालाई साहित्य धामका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
भानुभक्तको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँले आदिकवि भानुले देखाउनुभएको बाटोको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
भानुभक्तका खनाती मुतिmनाथ आचार्यले भानुभक्त योगदान र कृतिलाई उजिल्याउन राज्य गम्भीर नभएको भन्दै गुनासो गर्नुभयो ।
कार्यक्रममा तनहुँ–हङ्कङ समाजले भानु सङ्ग्रहालय निर्माणका लागि समितिका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेलाई रु पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो ।
यसैबीच, भानुजयन्तीकै अवसरमा भानु घाँसी स्मारक पार्कद्वारा आज घाँसीकुवामा कविता वाचन र प्रवचन कार्यक्रम गरिएको थियो । रासस