रु एक अर्बका दुई हजार आयोजना

government logoकाठमाडौँ, ३१ असार । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आगामी आव २०७३। ०७४मा पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रमका लागि रु एक अर्ब ४४ करोड बराबरको दुई हजार १७३ आयोजना प्रस्ताव गरेको छ ।

चालु आवमा भने सोही शीर्षकमा एक हजार ४५० आयोजनाका लागि रु एक अर्ब ३२ करोड छुट्याइएको थियो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत भने तीन हजार ९८९ आयोजना प्रस्ताव गरी रु ६१ करोड ५५ लाख विनियोजन गरेको जानकारी दिइयो । चालु आवमा सोही कार्यक्रमअन्तर्गत विभिन्न एक हजार ४५० आयोजनाका लागि रु एक अर्ब ३२ करोड छुट्याइएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव सर्वजितप्रसाद महतोले ‘शान्ति’ नामक कृति सार्वजनिक गर्दै दशवर्षीय सशस्त्र द्वन्द्वमा मारिएका, घाइते तथा बेपत्ता पारिएकाहरुका आफन्तलाई न्याय दिलाउनुपर्नेमा जोड दिनुभयो । द्वन्द्वका पीडितलाई विभिन्न कार्यक्रम मार्फत सहयोग उपलब्ध गराइएका कारण द्वन्द्व व्यवस्थापनका क्षेत्रमा सरकार सफल भएको विचार उहाँले व्यक्त गर्नुभयो ।

कृतिमा ऐन, नियम निर्देशिका तथा मार्गदर्शन एवं लेखरचना तथा चालु आवका दोस्रो चौमासिक अवधिसम्मका लागि गर्न लागिएका मुख्य काम समावेश गरिएको छ । मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद खरेलले तत्कालीन समयमा भत्काइएका तथा जीर्ण विद्यालय, भवन तथा जिल्ला प्रशासन कार्यालयमध्ये करिब तीन हजार भौतिक संरचनाको पुनःनिर्माण भएको जानकारी दिनुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव महेश शर्मा पौड्यालले बेपत्ता पारिनु जघन्य अपराध हो, दोषीलाई क्षमादान र माफी हुँदैन भन्दै अभियुक्तविरुद्ध मुद्दा चलाउन सिफारिस गरिने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter