पहिरोको उच्च जोखिममा रहेका २० घरको स्थानान्तरण

Landslideकाभ्रे, २१ साउन । काभ्रेपलाञ्चोकको कोसीपारीस्थित दुर्गम गाविस धुसेनी शिवालयमा पहिरोको जोखिममा रहेका २० घरलाई स्थानान्तरण गरिएको छ ।

जिल्ला विकास समिति, जिल्ला रेडक्रस सोसाइटी, ‘कारितास’ नामक गैरसरकारी संस्थाको समन्वयमा जिन्सी तथा नगद रु पाँच हजार उपलब्ध गराएपछि बिहीबार स्थानान्तरण भएको धुसेनी शिवालयका गाविस सचिव प्रकाशप्रसाद उपाध्यायले जानकारी दिए ।

धुसेनी शिवालय गाविस– ६ का बासिन्दा स्थानीय ठेगा भन्ने ठाउँमा सात घर, नेवार टोलमा तीन घर, वडा–७ को खडगटोलमा १० घर पहिरोको जोखिमले बसाइँ सरेका छन् ।

एक साताअघि सो गाविसमा पहिरो जाँदा एक बालिकाको मृत्यु भएको थियो । गाविस–१ मा पनि पहिरोको जोखिमबारे उजुरी आएको जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter