दूध बेचेर मासिक नौ लाख

milk-collection_g-660x330पोखरा, २१ साउन । मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, कास्की लाहाचोकका कृषक इमानबहादुर गुरुङ ।

तीन वर्षअघिदेखि भैँसी र गाईपालनबाट व्यवसाय सुरु गरेका उनले दूध बिक्रीबाट मासिक नौ लाख आम्दान गर्ने गरेका छन् । अहिले उनले गोठमा तीन सय वटा उन्नत जातका भँैसी र १२ वटा गाई पालेका छन् । ‘दैनिक आठ सय लिटरदेखि ९ सय लिटरसम्म दूध उत्पादन हुन्छ’, गुरुङले भने ।

उत्पादन भएको दूधमध्ये भँैसीको प्रति लिटिर रु ८० र गाईको प्रतिलिटर ५० रुपैयाँमा पोखरामा ल्याएर बिक्री गर्ने गरेको उनले बताए । गुरुङको प्रेरणाबाट नै उक्त गाउँका ६०÷६५ किसानले पशुपालन व्यवसाय गरेर आयआर्जन गर्ने गरेका छन् । उनले आफनो ७० रोपनी जमिनमा घाँसखेतीसमेत लगाएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter