वैदेशिक रोजगार ठगीमा सात पक्राउ

Labor, Foreign Employmentइटहरी, ३० साउन । विभिन्न देशमा आकर्षक वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अवैध एवम् गैरकानुनीरुपमा अन्तरवार्ता लिई ठूलो परिमाणमा पैसा असुली गर्ने गरेको भन्ने सूचनाका आधारमा विभिन्न स्थानका सातजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

इप्रका इटहरीका अनुसार वैदेशिक रोजगारका लागि आकर्षक तलब सुविधा पाइने प्रलोभन देखाएर सर्वसाधारणलाई अन्तरवार्ता लिने कार्य गर्ने गरेको भन्ने खबर पाएको प्रहरीले २५ थान पासपोर्ट र अन्य कागजातसहित ती ठगी धन्दामा संलग्न भएकालाई हिजो र आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभएको छ ।

पक्राउपर्नेमा इटहरी–१६ का चन्द्रेश्वर चौधरी, सुन्दरदुलारी–७ का पुरण चौधरी, श्रीलङ्काली नागरिक अमिला अलाकोन, इटहरी–१९ का गङ्गाबहादुर निरौला र केशव गिरी, भरौल–५ का रमेश विष्ट र मोरङ इटहराका शिवप्रसाद आचार्य रहेका छन् ।

उनीहरुलाई वैदेशिक रोजगार विभागमा कारबाहीका लागि चलान गरिएको छ । उनीहरुले वैदेशिक रोजगारका लागि कार्यालय समेत नखोलेको र बोर्ड नलगाएको अवस्थामा फेला परेको बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter