अन्तर्राष्ट्रियस्तरको गुरुकुल स्थापना गर्न माग

Gurukulaकाठमाडौँ, ३० साउन । नेपालमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक प्रतिष्ठानका रुपमा गुरुकुल सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।

सत्–मार्ग अभियान नेपालको आयोजनामा आज भएको विचार गोष्ठीमा शैक्षिक क्षेत्रका पाँच व्यक्तित्वले सो सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

महेश संस्कृत गुरुकुल देवघाट तनहुँका सहप्राध्यापक डा गुरूप्रसाद सुवेदीले ‘नेपालमा गुरुकुलको अवस्था र प्रयोग’, त्रिविका उपप्राध्यापक जनार्दन घिमिरेले ‘नेपालमा अन्तर्राष्ट्रिय गुरुकुलको आवश्यकता र पाठ्यक्रमको प्रारूप’, हिन्दू विद्यापीठका डा चिन्तामणि योगीले ‘अन्तर्राष्ट्रिय विद्यालयको प्रयोग र तह’, शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले ‘अन्तर्राष्ट्रिय गुरुकुल सञ्चालनका लागि आर्थिक सम्भावना’ र शोधकर्ता भरत गिरीले ‘नेपालको शैक्षिक नीति र गुरुकुल’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै उपप्राध्यापक घिमिरेले संस्कृतको ज्ञान नभई कुनै पनि भाषाको विज्ञ बन्न नसकिने बताउँदै गुणस्तरीय संस्कृत भाषाको अध्ययन अध्यापन नगराउने हो भने नेपाल आफ्नै भूमिको ज्ञानमा पछि पर्छ भन्नुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता लम्सालले आफ्नो कार्यपत्रमा अन्तर्राष्ट्रिय गुरुकुल सञ्चालन गर्नुपर्दा आवश्यक पर्ने आर्थिक व्यवस्थापन, तिनको सम्भावित स्रोत र सम्भावनाका बारेमा बताउनुभयो । कार्यपत्रमाथि त्रिविका प्रा डा मोहन खरेलले टिप्पणी गर्दै संस्कृतको व्यवस्थित अध्ययन अध्यापनका लागि सुविधासम्पन्न गुरुकुल स्थापना गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्लीराम रिमालले अन्तर्राष्ट्रिय गुरुकुल स्थापनाका लागि सरकारले सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter