यातना दिएको आरोपमा शिक्षक पक्राउ

schoolभोजपुर, १ भदौ । शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ ।

पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

कक्षा ६ मा अध्ययन गर्ने १३ वर्षीया बालिकालाई बिहे गर्ने भनेर पटकपटक जिस्काएको शिक्षक प्रधानलाई आरोप लागेको छ । सो कुरा बालिकाले प्रधानाध्यापक गङ्गाप्रसाद राईलाई जानकारी गराएपछि शिक्षक इन्द्रवीर प्रधानले बालिकालाई पिटेर शारीरिक यातना दिएपछि बालिकाले विद्यालयबाट घर फर्केर विष सेवन गरेको आरोप बालिकाको परिवारले लगाएको छ ।

विष सेवनपछि बालिकालाई मङ्गलबार जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । हाल बालिकाको स्वास्थ्यमा सुधार हुँदै आएको र पूर्णरुपमा सुधार आएपछि अनुसन्धानले निष्कर्ष पाउने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter