राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

President Authenticationकाठमाडौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सर्वाेपरि हितलाई केन्द्रमा राखेर मुलुकको राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ तुल्याउनुपर्नेमा जोड दिनुभएकोे छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत कूटनीतिक सेवाका शाखा अधिकृतसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक शिष्टाचार भेटमा उहाँले सार्वजनिक सेवाका सबै निकायले सेवा भावले जनताका काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय स्वाभिमानलाई शिरमा राखेर उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न र कूटनीति क्षेत्रलाई सबल एवम् सक्षम बनाउन दत्तचित्त भएर लाग्न तालिमका सहभागीलाई निर्देशन दिनुभयो ।

जनमुखी निजामती प्रशासन नारामा होइन व्यवहारमा उतार्नु आजको आवश्यकता भएको राष्ट्रपतिले बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.पन्नाकाजी अमात्यले प्रतिष्ठानको परिचय प्रस्तुत गर्दै अधिकृतहरुलाई प्रदान गरिएको सेवाकालीन प्रशिक्षणका विषयवस्तुबारे जानकारी गराउनुभयो । तीनमहिने उक्त तालिममा कूटनीतिक सेवाका ११ जना अधिकृत सहभागी थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter