दक्ष पण्डित बनाउन ज्योतिष र कर्मकाण्ड प्रशिक्षण

Punditकाठमाडौँ, ८ भदौ । अध्ययन र प्रशिक्षण बिना कर्मकाण्ड, ज्योतिष पेसा अपनाउनेको सङ्ख्या बढ्न थालेपछि नेपाल पञ्चाङ्ग निर्णायक समितिले दक्ष पण्डित बनाउने उद्देश्यले छ महिने कर्मकाण्ड एवम् ज्योतिष प्रशिक्षण सुरु गरेको छ ।

प्रशिक्षणमा कर्मकाण्ड र ज्योतिष पेसा अपनाउन चाहने ३९ जना प्रशिक्षार्थीको सहभागिता छ । असारदेखि सुरु भएको प्रशिक्षण मङ्सिरमा सकिने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

“समाजमा शास्त्रीय आधारमा वैदिक कर्मकाण्ड र ज्योतिष कर्म गराउन सक्ने आधिकारिक पण्डित बनाउने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो, ज्योतिषमा २६ र कर्मकाण्डमा १३ सहभागीले प्रशिक्षण लिइरहेका छन्”–उहाँले भन्नुभयो ।

सहभागीलाई अध्यक्ष गौतम, प्रा श्रीकृष्ण अधिकारी, प्रा डा देवमणि भट्टराई, प्रा मङ्गलदास प्रधानाङ्ग, पुरुषोत्तम भट्टराई, उपेन्द्र भट्टराई, नरोत्तम भट्टराई लगायतले प्रशिक्षण दिनुहुने समितिले जनाएको छ । प्रशिक्षणका लागि सहभागीबाट रु दुई हजार शुल्क लिइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter