बेगखोलामा बाढीले ११ घर बगायो

Nepal Floodम्याग्दी, १७ भदौ । गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो ।

राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् । बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ । बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताउनुभयो । अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

यसैबीच नेपाल रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालको नेतृत्वमा एक टोली बाढी प्रभावितको राहतका लागि राहत सामग्री लिएर त्यसतर्फ गएको छ । बाढीको विस्तृत क्षतिको विवरण सङ्कलन भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter