दुई देशबीच विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई परराष्ट्र विज्ञको सुझाव

Prachandaकाठमाडौँ, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण दुई देशबीच उत्पन्न अविश्वास सुल्झाउन र विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नमा केन्द्रित गर्न विज्ञले सुझाएका छन् ।

प्रधानमन्त्री दाहालले आज आफ्नो कार्यालय सिंहदरबारमा सुझाव लिनका लागि बोलाउनु भएको छलफलमा सहभागी परराष्ट्रविद्ले दुई देशबीच अविश्वासको अवस्था के कारणले भयो भन्ने विषयमा प्रधानमन्त्रीले भारतीय पक्षसँग खुलेर कुरा गर्नुपर्ने सुझाव दिएका हुन् ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र ऊर्जामन्त्री जनार्दन शर्माकोसमेत उपस्थितिमा भएको उक्त छलफलमा दुई देशबीच अविश्वास नआउने सुनिश्चितता गर्न आफूहरुले सुझाव दिएको पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “अघोषित नाकाबन्दीसम्मको स्थिति सिर्जना हुनु भनेको ठूलो अविश्वास पैदा भएको देखिएको छ । यस्तो व्यवहार मित्र राष्ट्रले गर्ने होइन । यस्तो स्थिति आउनुका कारण पत्ता लगाउनुपर्छ । खुलेर तपाईंले कुरा गर्नुहोस र विश्वासको वातावरण बनाउनुहोस् भनेका छौँ ।” जवाफमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण नयाँ सन्धिसम्झौता गर्नेभन्दा पनि विश्वासको वातावरण बनाउनमा केन्द्रित रहन्छ भन्नुभएको डा लोहनीको भनाइ थियो ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–भारतबीचको सम्बन्धमा ठूलो दुर्घटना भयो, यस्तो दुर्घटना किन भयो भन्ने मुख्य कारण पत्ता लगाउन आफूले सुझाव दिएको बताउनुभो । उहाँले भन्नुभयो– “दुई देशबीच भएको सम्बन्धमा दुर्घटनामा परी संवेशनशील अङ्गमा घाउ लागेको छ । त्यसलाई निको पार्ने औषधि तयार पार्नुहोस्, अनिमात्र विश्वासको वातावरण तयार हुन्छ भनेको छु ।”

छलफलमा सहभागी अधिकांशले विश्वासको वातावरण बनाउन र विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्न सुझाव दिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हुलाकी सडक दोस्रो चरणको ताकेता, पञ्चेश्वर परियोजना र नौमुरे हाईड्रो पावरका विषयमा कुरा उठेपनि प्रधानमन्त्रीले भएका सम्झौतालाई कार्यान्वयनलाई विशेष जोड दिने बताउनुभएको थियो ।

छलफलमा प्रा डा जयराज आचार्य, प्रा लोकराज बराल, निलाम्बर आचार्य, दिनेश भट्टराई, केदार भक्त श्रेष्ठसहित एक दर्जन विज्ञले छलफलमा भाग लिनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter