अनशन तोड्न गङ्गामायालाई राष्ट्रपतिको आग्रह

Ganga Mayaकाठमाडौँ, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । विगत छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको रक्षार्थ ‘गङ्गामाया बचाउ’ अभियानसम्बद्ध मानवअधिकारकर्मीसँगको भेटमा आज राष्ट्रपति भण्डारीले गङ्गामायाको कदमलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै न्यायका लागि अनशनरत उहाँले अनशन तोड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले कुनै पनि व्यक्तिले न्यायका लागि आफ्नो जीवन दाउमा राख्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्त दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

मानवअधिकारकर्मी इन्द्र अर्यालले गङ्गामायालाई न्याय दिलाउने अभियानमा मानवअधिकारकर्मीको साथ र सहयोग सदैव रहने र सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहने बताउनुभयो ।

उक्त अभियानअन्तर्गत प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबारलगायत स्थानमा पटक पटक धर्ना कार्यक्रम गरिसकिएको छ । विसं २०६१ मा मारिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसादको हत्यारामाथि कारबाहीको माग गर्दै छ वर्षदेखि गङ्गामाया अनशन बस्दै आउनुभएको छ । सँगै अनशनमा रहनुभएका श्रीमान् नन्दप्रसाद अधिकारीको ३३४ दिनमा निधन भएपछि गङ्गामाया एक्लैले अनशनलाई निरन्तरता दिइरहनु भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter