कर्णालीका जलस्रोतलाई जनताको लगानीबाट उपयोग गर्न माग

Karnaliकाठमाडौँ, २५ भदौ । कर्णाली जनअधिकार मञ्चले कर्णालीका बाँझो भूमिलाई उत्पादनमा परिवर्तन गर्ने नीति ल्याउन माग गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायले गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीमा जन्मदा र मृत्यु हुँदा २० किलोग्राम चामल दिने भनी व्यवस्थापिका–संसद्मा गरेको घोषणाले कर्णालीवासी अपमानित र अपहेलित गरेको बताउनुभयो ।

सरकारसँग प्रष्ट नीति नभएका कारण कर्णाली सदियौँदेखि नै उपेक्षित भएकामा चिन्ता गर्दै कर्णालीका जनताले त्यस क्षेत्रका अपार प्राकृतिक स्रोत साधनको प्रचूर सम्भावना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मञ्चका महासचिव कमल शाहीले वर्षौंदेखि राज्यको नजरमा नपरेका कर्णाली क्षेत्रका नागरिकलाई गणतन्त्रमा बनेका सरकारले त्यहाँको विकास र परिवर्तनका लागि कार्य गर्नुपर्ने माग गर्नुभयो ।

देशको समग्र भूगोलको १५ प्रतिशत ओगटेको कर्णालीका जलस्रोतलाई जनताको लगानीबाट बहुउपयोगमार्फत विकसित र समृद्ध बनाउन माग गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter