स्थानीय तहको संख्या तोकियो
काठमाडौं, ५ कात्तिक । स्थानिय निकाय पूर्नसंरचना आयोगले स्थानिय तहको संख्या तोकेको छ । आयोगले न्युनतम ५०७ देखी अधिकतम ७४४ हुनेगरि संख्या तोकेको हो ।
यसअघि आयोगले देशभरि ५६५ स्थानीय तह बनाउने गरी काम गरिरहेको थियो। आयोगले काम गरिरहेककै बेला कांग्रेस, एमाले र एमाओवादीले इलाकालाई आधार बनाएर स्थानीय तह पुनसंरचना गर्ने सहमति गरेका थिए।
यही सहमतिलाई आधार बनाएर सरकारले आयोगलाई दुई पटक मापदण्ड परिमार्जन गरी पत्राचार गरेको थियो। यही परिमार्जित मापदण्डका आधारमा आयोगले नयाँ मापदण्ड तय गरेको हो।