रुख कटानीको स्वीकृतिपछि कलेज निर्माणको बाटो खुल्यो

community forestधनगढी, ११ कात्तिक, रुख कटानीको आदेशपछि कैलाली जिल्लाको साविक गेटा गाविस (हाल अत्तरिया नगरपालिका) मा मेडिकल कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको बाटो खुलेको छ ।

कलेजको भोगाधिकारमा रहेको जग्गाका रुख वन मन्त्रालयले यही कात्तिकबाट कटान गर्ने आदेश दिएपछि रुख कटानको काम सुरु भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए ।

यसअघिसम्म रुख कटानको आदेश नहुँदा भौतिक पूर्वाधार निर्माणसम्बन्धी काम अघि बढ्न सकेको थिएन । यद्यपि सरकारले छुट्याएको ५१।८ हेक्टर क्षेत्रफलको जग्गा कलेजको भोगाधिकारमा आएपछि उक्त जग्गाको तारबार, नक्साङ्कनलगायतका काम पूरा गरिएको छ ।

उक्त जग्गामा रहेका ४५३ वटा रुख काट्ने आदेश दिएसँगै भौतिक पूर्वाधारको काम अगाडि बढाउन बाटो खुलेको हो । वातावरण प्रभाव मूल्याङ्कन (इआइए) हुन नसक्दा रुख कटानीको आदेश पनि ढिलो गरी आएको बताइएको छ ।

‘मेडिकल कलेज निर्माण क्षेत्रमा रुख काट्ने काम सुरु भइसकेको छ’ समितिका कार्यकारी निर्देशक पुजाराले भने ‘जग्गा पूरै खाली भएपछि तत्काल ३०० श्ययाको अस्पताल र कलेज भवनको निर्माण अघि बढाउन प्रक्रिया सुरु भइसकेको छ ।’ रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter