सामूहिक यज्ञ गराउँदै जापानी

japaneseधुलिखेल, १३ कात्तिक । वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले आजदेखि दुई दिने अनुष्ठान सुरु गराएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा आजदेखि १३ नेपाली वैदिक पण्डित राखेर यज्ञ सुरु गरिएको हो । जापानको कोउची सहरबाट आउनुभएका जापानी धर्मगुरु आराधा आयातोसीसहितका ५२ जनाले आँखा चिम्लेर वैदिक रुद्राभिषेक चाखपूर्वक सुनेका थिए ।

विश्वमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आर्थिक उन्नति र दिगो शान्तिको सङ्कल्प लिएर हिँड्नुभएका धार्मिक गुरु आयातोसीले विश्वका धेरै देशमा त्यहाँको धर्म अनुसार अनुष्ठान गर्दै आउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको शान्ति दूतका रुपमा समेत काम गरिसक्नुभएका उहाँले सन् २००७ देखि नेपालमा अनुष्ठान सुरु गर्नुभएको हो ।

उद्देश्य प्राप्तिका लागि बर्सेनि एकपटक नेपालमा यज्ञ गराउन आउनु हुने आयातोसीलाई स्वामी गोपालबाबाले ‘जापानी गुरु मोन्जु सत्य’ उपाधि समेत दिनुभएको छ । कार्यक्रमको संयोजन गर्नुहुने नवीन डङ्गोल, पारु डङ्गोल राउत एवम् पण्डितद्वय शिवप्रसाद पोखरेल र हरिकृष्ण प्याकुरेललाई आयातोसीले दुई महिना अघि जापानस्थित आफ्नै घरमा बोलाएर दुई हप्ताको यज्ञ गराउनुभएको थियो ।

नेपाली पण्डितबाट यज्ञ गराएपछि आत्म शान्ति भई उद्देश्य प्राप्तिमा सहजता महसुस गरेको उहाँले बताउनुभयो । शुक्रबार बौद्ध लामा गुरुबाट बौद्धस्तुपमा पूजापाठ गराई शनिबार र आइतबार रुद्राभिषेक, महालक्ष्मीपूजा, धनदेश्वरी हवन र श्रीसुक्त पाठ एवम् जप गरिने कार्यक्रम रहेको पण्डित पोखरेलले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter