विश्व विपद् प्रतिवेदन २०१६ सार्वजनिक

Natural Disasterकाठमाडौँ, २१ मङ्सिर । सन् २०१५ मा विश्वमा हरेक एक सय १३ जनामध्ये एकजना शरणार्थी, शरण खोज्ने वा विस्थापित हुने अवस्थामा पुगेको आज यहाँ सार्वजनिक गरिएको यस वर्षको विश्व विपद् प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अन्य देशमा जस्तै आज नेपालमा पनि एक कार्यक्रमबीच सार्वजनिक गरिएको विश्व विपद् प्रतिवेदन २०१६ मा विपद्पूर्व तयारीमा थप लगानी गर्न विश्वलाई आह्वान गरिएको छ । सो वर्ष हालसम्मकै सबैभन्दा बढी तापक्रम भएको तातो वर्षका रुपमा रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख म्याक्स स्यान्टनर र नेपाल सरकार गृह मन्त्रालयका सहसचिव कृष्ण राउतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

यस वर्षको प्रतिवेदनले उत्थानशीलतालाई जोड दिएको छ भने नेपालमा सञ्चालित विपद्पूर्व तयारी गतिविधिको झल्को पनि विश्व प्रतिवेदनमा राखिएको छ ।

विश्व विपद् प्रतिवेदनका अनुसार ६ करोड ५३ लाख मानिस सन् २०१५ को वर्षमा आफ्नो मुलुकमा अन्य देशमा विस्थापित भएका छन् भने चार करोडभन्दा बढी मानिस आफ्नै देशभित्र सङ्घर्ष तथा हिंसाका कारण स्थानान्तरण हुन पुगेका छन् ।

प्रतिवेदन सार्वजनिकका क्रममा नेपालमा गत भूकम्पपश्चात् १८ महिनाको अवधिमा गरिएका भूकम्प पुनः लाभका गतिविधिका विषयमा भूकम्प पुनः लाभ कार्यक्रम प्रमुख उमेश ढकाल र विश्व विपद् प्रतिवेदनका विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख म्याक्स स्यान्टनरले प्रस्तुतीकरण गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter