सामुदायिक वन–जीवजन्तु संरक्षणमा

myagdi_districtम्याग्दी, ५ पुस । जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् ।

विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवा पुस्तालाई त्यसको विषयमा जानकारी दिन यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् ।

म्याग्दीका गौश्वारा, बगरफाँट र भूमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल क्षेत्रमा नै समूहले संरक्षण गर्न थालेपछि त्यसको लोकप्रियता बढ्दै गएको छ ।

गौश्वारा सामुदायिक वन उपभोक्ता समूहले चिल, उल्लु, तित्रा, दुम्सी, ढिकुर, मृग र चित्तललाई आफ्नो समूहद्वारा संरक्षित वन क्षेत्रमा सुरक्षा दिएर विद्यार्थीका लागि अध्ययनका विषय बनाइदिएको छ । सो विषयमा समूहका सल्लाहाकार रत्नवम मल्लले जानकारी दिँदै जङ्गलमा पूरै बारको घेरा लगाएर जनावर पक्षीको संरक्षण गरिएको बताउनुभयो ।

सल्लाहकार मल्लले भन्नुभयो– “जनावरले आफू तार घेरामा परेको अनुभव गर्न नपाओस् भनेर जङ्गलभित्रै उनीहरूलाई घुम्ने स्थान उपलब्ध गराएको र बाहिरी हिंस्रक जनावरले समेत आक्रमण गर्न नपाओस् भनेर तार घेरा लगाएको हो ।”

गौश्वारा सामुदायिक वनले मात्र होइन, यस क्षेत्रका बगरफाँट र भूमेनाथ सामुदायिक वनले मयूर, न्याउली, तित्रो, वन ढिकुर, मृगलगायतका जङ्गली जीव र पक्षीलाई संरक्षण गरेर यस क्षेत्रका विद्यार्थीका लागि अवलोकन केन्द्रका रूपमा सामुदायिक वनलाई विकास गर्दै आएको छ ।

यसैगरी म्याग्दीकै झाँक्रीपानी सामुदायिक वनले पनि जङ्गलमा रहेका जीव र पक्षीलाई संरक्षण गरेर स–साना चिडियाखानाका रूपमा संरक्षित वन क्षेत्रलाई विकास गराउने प्रयत्न गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter