‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ सुरु

agricultureतेह्रथुम, २८ पुस । कृषिलाई नाफामुखी व्यवसायका रुपमा विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सरकारले सुरु गरेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ तेह्रथुममा पनि सुरु भएको छ ।

चालु आर्थिक वर्षदेखि १० वर्षसम्म सो परियोजना सञ्चालन हुने छ । प्रारम्भिक चरणमा अलैँची, अदुवा, सुन्तला, तरकारी, मकै, धान र आलु खेतीका लागि २० वटा पकेट क्षेत्र र दुई वटा ब्लकमा सो परियोजना लागू भएको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ ।

कार्यालयले परियोजनाका वारेमा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी गराइएको छ । परियोजनाअन्तर्गत चालु आवमा जिल्लामा कुल रु दुई करोड ११ लाख २८ हजार बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ ।

हरेक पकेट क्षेत्र अर्थात् साना व्यावसायिक कृषि उत्पादन केन्द्र १० हेक्टर क्षेत्रफलको हुनेछ । यस्तै ब्लक अर्थात् व्यावसायिक कृषि उत्पादन केन्द्र १५० हेक्टर क्षेत्रफलमा सञ्चालन हुने प्रावधान रहेको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले जानकारी दिनुभयो ।

स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट सञ्चालित परियोजनाले पकेट क्षेत्रमा कृषि वस्तुको प्राथमिक उत्पादनका लागि नवीनतम् कृषि प्रविधिको प्रसार तथा ब्लकमा कृषि उद्यम विकास, उत्पादकत्व वृद्धिलगायत क्षेत्रमा काम गर्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter