झुपडीमा पुगेर अपाङ्गता परिचयपत्र वितरण

people with disabilitiesपाल्पा, १२ माघ । महिला तथा बालबालिका कार्यालय पाल्पाले झुपडीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

गरिबीको चपेटामा आफन्तको बेसाहारामा बाँचेका चापपानी गाविस–९ का अपाङ ५० वर्षीय बमबहादुर घर्तीको झुपडीमा पुगेर कार्यालय प्रमुख तुलसा अर्यालले अपाङ्गता परिचयपत्र प्रदान गर्नुभयो ।

परिचयपत्र प्रदान गर्दै अधिकृत अर्यालले परिचयपत्र पाउनुपर्ने व्यक्तिलाई यसरी घरमै आएर परिचयपत्र प्रदान गर्न पाउ“दा आफूलाई पनि खुसी लागेको बताउनुभयो ।

अपाङ्गता परिचयपत्र पाएपछि घर्तीले खुसी व्यक्त गर्नुभयो । दुईवर्ष अगाडिदेखि पक्षघात रोगले ग्रसित बन्नुभएका घर्तीको आफन्त कोही छैनन् । उहाँ गाउँको झुपडीमा एक्लै बस्दै आउनुभएको छ ।

उहाँले अपाङ्गता परिचयपत्र नबेका कारण सरकारी सेवा सुविधाबाट वन्चित हुनुभएको छ । इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा घर्तीले अपाङ्गता परिचयपत्र पाउनुभएको हो । अब घर्तीले मासिक अपाङ्गता भत्ताबापत रु दुई हजार रकम पाउने गाविस सचिव मनिसा रोकाहाले बताउनुभयो ।

परिचयपत्र पाएपछि उहाँले भन्नुभयो, “मैले न्याय पाए, पक्षघातका कारण दुई वर्ष अघिदेखि देबे्र तर्फको भाग चल्न छोडेपछि म बेसाहारा भएर झुपडीमा बाँचिरहेको छु” ।

आफन्त कसैको साहारा नपाएका घर्तीलाई गाउँका छिमेकीले झुपडी बनाएर राखिदिएका छन् । उहाँकी श्रीमती छैनन् भने दुई छोरा काठमाडाँैको अनाथालयमा बसेर पढ्दै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter