राष्ट्रिय जागरणका लागि अभियान : अध्यक्ष ओली; एमालेको अभियानमा अवरोध नगर्न आयोगको आग्रह

Mechi Mahakali Abhiyan UMLमोरङ, २२ फागुन । संविधान र निर्वाचनका लागि नेकपा ९एमाले० को जारी मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज मोरङको विराटचोकमा जनसभा भएको छ ।

झापाको काँकडभिट्टाबाट शनिबार सुरु भएको अभियानका नेता कार्यकर्ता ¥यालीसहित विराटचोकमा जनसभा गरी सुनसरीको इटहरी तर्फ लागेका छन् ।

सभामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यो अभियान निर्वाचनको प्रचारका लागि नभई राष्ट्रिय जागरणका लागि भएको बताउँदै जनता निर्वाचन र संविधान कार्यान्वयन होस् भन्ने चाहेकाले जनताको आकांक्षा पूरा गराउन यो एमालेको अभियान हो भन्नुभयो ।

एमाले कुरा नभई काम गर्ने पार्टी भएको भन्दै उहाँले जनतासँग बोल्दा आफूले फैलाएका भ्रम उदाङ्ग हुने ठानेर केही दलले अवरोधको कुरा गरेपनि अभियान सफल भएरै छाड्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेले सरकार छाड्नु परेपनि जनताका मनमा पार्टी झन् बलियो गरी बसिरहेको छ, निर्वाचनबाट त्यो मत प्रकट गर्न जनता आतुर छन् ।”

उपाध्यक्ष भीमबहादुर रावलले संविधानसभामा ९० प्रतिशत सभासद्ले हस्ताक्षर गरेको संविधान नमान्ने वा यसलाई जलाउने कार्य नेपालीको हितमा नभएको भन्दै नेपालको स्वाधीनता र राजनीतिमा कुनै पनि विदेशी मुलुकको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट गर्नुभयो ।

पूर्व सभामुख एवम् पार्टीका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमालेलाई तराई मधेसमा बाजा बजाएर बिदाई गर्छु भन्नेलाई झापादेखि अभियानको पक्षमा सडकमा उत्रिएको जनलहरले जवाफ दिएको बताउनुभयो ।

उहाँले पाँचवर्ष आठ महिना लगाएर नेपालको नाम, राष्ट्रिय झन्डा जस्ता सबै विषयमा व्यापक छलफल गरेर जनताको सुझावका आधारमा संविधान जारी भएकाले अहिले यसमा संशोधन गर्न आवश्यक छैन भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका शिव दाहाल, नेकपा ९माओवादी केन्द्र०का भोला दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका काजीमान लिम्बू, सङ्घीय समाजवादी फोरम नेपालका विनोद ठाकुरलगायत करिब ३०० जना एमालेमा प्रवेश गर्नुभएको थियो ।

पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपाध्यक्ष रावल, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य नेम्वाङ, शङ्कर पोखरेल, सत्यनारायण मण्डलगायतका नेता अभियानमा सहभागी हुनुहुन्छ ।

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि गरिएको एमालेको अभियान १५ दिनसम्म चल्नेछ । नेता र कार्यकर्तालाई ठाउँ ठाउँमा स्थानीय जनताबाट स्वागत गरिएको थियो ।

एमालेको अभियानमा अवरोध नगर्न आयोगको आग्रह

काठमाडौँ, २२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति निकाल्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपु¥याउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा एमालेको अभियानअन्तर्गत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबाट एमालेका नेतामाथि आक्रमण गर्नु मानवअधिकारको मूल्यमान्यताविपरीत देखिएकाले त्यस्ता कार्य नगर्न मोर्चाका कार्यकर्तालाई आग्रह गरिएको छ ।

आगोगले विज्ञप्तिमा कुनै पनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा कार्यकर्तामाथि अमर्यादित र मानवअधिकारको मर्म विपरीतको कार्य भएकाले यस्ता व्यवहार तुरुन्त रोक्न र कुनै पनि राजनीतिकदलको पूर्व निर्धारित कार्यक्रमलाई प्रत्यक्ष अवरोध हुनेगरी कुनैपनि राजनीतिक गतिविधि नगर्न नगराउन मधेसी मोर्चालगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गरिएको छ ।

“एउटा दलले आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेपछि सो कार्यक्रम बिथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त हुने देखिँदैन” विज्ञप्तिमा भनिएको छ– “हिंसात्मक बाटो अपनाउँदा विसं २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई बिर्सन सकिँदैन ।”

यसैबीच, अभियान क्रममा एमाले नेता तथा सांसद रन्जुकुमारी झा चढेको जीपमाथि ढुङ्गामुढा भएको घटनाका साथै फागुन १५ गते रौतहटको गौरमा मधेसीमोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुवै पक्ष केही घाइते भएको र शुक्रबार एमाले सप्तरी जिल्ला समितिका सचिव शम्भु यादव र सहसचिव प्रतापनारायण चौधरीलाई राजविराज–१, अदालत रोडमा मोर्चाका कार्यकर्ताले हातपात गरी कालोमोसो दलेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको समेत प्रवक्ता अन्सारीले विज्ञप्तिमा जनाउनुभएको छ ।

कालोमोसो दली दुव्र्यवहार गरिएको तथा गाडी तोडफोड गरिएको उक्त घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न र व्यक्तिको जीवन रक्षा गर्नका साथै आगामी दिनमा हुनसक्ने झडप रोकी सामाजिक सद्भावलाई कायम राख्न आयोगले सरकारलाई आग्रह पनि गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter