अध्यारोमा रहेको मुलुकमा लोकतन्त्रको बत्ती बाल्ने काममा छौँ – प्रमुख निर्वाचन आयुक्त डा यादव

Election Commissionकाठमाडौँ, २४ फागुन । निर्वाचन आयोगले आगामी स्थानीय निकायको निर्वाचनलाई केन्द्रित गरेर आजदेखि आचारसंहिताको पालनालगायतका विषयमा प्रशिक्षण सुरु गरेको छ ।

आगामी २०७४ वैशाख ३१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने स्थानीय तहको निर्वाचनका लागि तीन लाखभन्दा बढी जनशक्तिलाई तालिम प्रशिक्षण दिने जनाएको छ ।

निर्वाचनमा जनशक्ति तयार गर्ने प्रक्रियाको आरम्भसँगै निर्वाचनको महाअभियानमा आयोग सघन ढङ्गबाट लागेको स्पष्ट भएको छ ।

आयोगले राजधानीबाट प्रकाशन तथा प्रशारण हुने सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी विटमा काम गर्ने पत्रकारलाई स्थानीय तह निर्वाचन, आचारसंहिता, स्थानीय तह निर्वाचन प्रणाली, मतदान र मतगणना तथा निर्वाचन कसुर र सजायलगायतका विषयमा प्रशिक्षण गराएको हो ।

निर्वाचन आयोगले प्रदान गर्ने नौ प्रकारको तालिममध्ये पत्रकारलाई निर्वाचन र सञ्चार विषयमा प्रशिक्षण दिइएको हो ।

पत्रकारले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर राजनीतिक दल तथा उम्मेदवारबाट आचारसंहिता पालना भए÷नभएका पक्षलाई गहिरोसँग अध्ययन र विश्लेषण हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

उक्त तालिम प्रशिक्षणको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिताको पालनालगायतका विषयमा सत्यतथ्य समाचार सम्प्रेषण गरेर आम जनता र राजनीतिक दललाई सही बाटो देखाउने र मतदातालाई निर्वाचनमा मतदानका लागि प्रेरित गर्ने भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

मतदान जनताको कल्याणसँग जोडिएको विषय भएकाले स्वच्छ, निष्पक्ष र भयरहित तुल्याउन आयोगले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले अध्यारोमा रहेको लोकतन्त्र र मुलुकलाई बत्ती बालेर उज्यालो प्रदान गर्ने कार्यमा आफू लागिपरेको उल्लेख गर्नुभयो ।

आयुक्त इला शर्माले लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय तहको निर्वाचनको वातावरण बनाउन नागरिक समाज र सञ्चारजगतको ठूलो भूमिका रहने बताउनुभयो ।

अर्का आयुक्त नरेन्द्र दाहालले स्थानीय तहको निर्वाचनमा सूचना सङ्कलन, आचारसंहिताको पालनादेखि निर्वाचनको परिणाम सार्वजनिक हुँदासम्मका समाचारमा एकरुपता देखियोस् भन्ने हेतुले तालिमको आयोजना गरिएको बताउनुभयो ।

आयोगका सहसचिव नवराज ढकालले सञ्चारजगतले निर्वाचनमा सबैको सहयोग, सहभागिता र ऐक्यबद्धताको सुनिश्चिता प्रदान गर्ने भएकाले सञ्चारकर्मीलाई पहिले प्रशिक्षण प्रदान गर्ने आयोगले सोच बनाएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter