वैशाखदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क

dialysisकाठमाडौँ, २६ फागुन । यसै वर्षदेखि मिर्गौला रोगीको निःशुल्क डायलासिस गरेको सरकारले आगामी वर्ष वैशाख १ गतेदेखि प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ ।

विश्व मिर्गौला दिवसका अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषको रकम स्वास्थ्य सेवामा खर्च गर्ने गरी सरकारबाट सञ्चालित अस्पतालबाट प्रत्यारोपण निःशुल्क गर्न लागिएको जानकारी दिनुभयो ।

रोगीका लागि आवश्यक औषधिका सहज बनाउन विश्वका स्थापित औषधि कम्पनीसँग छलफल भइरहेको र छिट्टै निर्णयमा पुग्ने मन्त्रालयले जनाएको छ । स्थानीय तहसम्म नसर्ने रोगको पहिचानका लागि यसै वर्ष एक हजार स्वास्थ्य चौकीमा सुरु गर्न लागिएको र आउँदो वर्षसम्म सबै स्वास्थ्य चौकीमा सुरु गरिने पनि मन्त्रालयको भनाइ छ ।

उहाँले भन्नुभयो, “अङ्ग प्रत्यारोपणसम्बन्धी ऐन बने पनि नियम नबन्दा समस्या थियो । अब भर्खरै नियम बनेको छ, अब अङ्ग प्रत्यारोपणमा सहजता भएको छ । अब यस विषयमा जनतालाई बुझाउन आवश्यक छ ।”

मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठले विश्वभरि नै तीव्र रुपमा बढिरहेको मोटोपनको समस्याले शरीरका अरू अङ्गसँगै मिर्गौलामा समेत असर पर्ने र मोटा व्यक्तिमा स्वस्थ व्यक्तिमा भन्दा पाँचदेखि सात गुणा बढी मिर्गौला खराब हुने जोखिम रहेको बताउनुभयो । केन्द्रले हाल मिर्गौला, कलेजो तथा मुटुको जटिल शल्यक्रिया गर्दै आएको छ ।

संसद् सचिवालयका पूर्वसचिव तथा मिर्गौला प्रत्यारोपण गर्नुभएका सोमबहादुर थापाले सरकारले मिर्गौला रोगीका लागि डायलासिस र प्रत्यारोपण सेवा निःशुल्क गरी बाँच्न पाउने आशा जगाएको बताउनुभयो । उहाँले अङ्ग प्रत्यारोपणसम्बन्धी कानुन बनिसकेको अवस्थामा प्रत्यारोपणसम्बन्धी विशेषज्ञको उत्पादनका लागि अङ्ग प्रत्यारोपण केन्द्रलाई शैक्षिक संस्थाका रुपमा विकास गर्न सरकारलाई आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा जोसले मिर्गौला रोगीले डायलासिसलाई लामो समय राखिराख्नु भन्दा जतिसक्दो छिटो प्रत्यारोपण गर्नुपर्नेमा जोड दिनुभयो । आरोग्य प्रतिष्ठानका अध्यक्ष आनीछोइङ डोल्माले सरकारले अङ्गदान प्रत्यारोपणसम्बन्धी लामो समयदेखि अड्किएको ऐनको नियम बनाएर जनताको हितमा काम गरेको उल्लेख गर्नुभयो ।

आज ‘मिर्गौला रोग र मोटोपना’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदैछ । मिर्गौैला विशेषज्ञले स्वस्थ जीवन शैली, सन्तुलित र स्वस्थ खाना, पर्याप्त पानी, सही तौल र सक्रिय शरीर राखी मिर्गौला बचाउन आग्रह गरेका छन् । नेपालमा हरेक वर्ष करिब तीन हजार व्यक्ति डायलासिस तथा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्ने गरेको तथा हरेक १० मध्ये एक व्यक्तिमा कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या देखिन्छ ।

केन्द्रले आज टुँडिखेलमा सर्वसाधारणका लागि अपराह्न ४ बजेसम्म निःशुल्क मिर्गौला, मुटु, कलेजो तथा अङ्गदान शिविर सञ्चालन पनि गरेको छ ।

‘स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापित’

स्वास्थ्यमन्त्रीले आरोग्य प्रतिष्ठानले यसै वर्ष स्थापना गरेको ‘स्वास्थ्य पत्रकार पुरस्कार’

‘कान्तिपुर’ दैनिकका स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि रु २५ हजार र प्रमाणपत्र छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter