विश्व बैंकले पुनःनिर्माणमा सहयोग बढाउने

world bankकाठमाडौँ, ३० फागुन । विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि थप सहयोग गर्ने घोषणा गरेको छ ।

विश्व बैंकका कार्यकारी निर्देशक एन्डिन हडियान्तोले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव, पुनःनिर्माणपछि जनताको जीविकोपार्जन तथा आर्थिक समृद्धिमा सीप विकास र क्षमता बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका भ्रमणमा रहनुभएका हडियान्तोले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँगको छलफलपछि भूकम्पपछिको पुनःनिर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

उहाँले पुनःनिर्माणमा देखिएका चुनौतीबारे जिज्ञासा राख्दै विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी संयन्त्रबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले पुनःनिर्माणमा देखिएका चुनौतीलाई सामना गर्न विकास साझेदार संस्थाको महत्वपूर्ण भूमिका हुने बताउँदै भूकम्पले भत्किएका निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य सेवासँग सम्बन्धित संरचनालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी गराउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter