शान्ति सुरक्षाको पाटोबाट असहज र नियन्त्रणभन्दा बाहिर छैन, निर्वाचन हुन्छ, गर्छौं– आयोग; राष्ट्रपतिबाट उच्च मनोबलका साथ काम गर्न आयोगलाई आग्रह

Election Commissionकाठमाडौँ, १८ चैत । निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आह्वान गरेको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुलुकका चारवटै सुरक्षा निकायका लागि प्रदान गरिएको निर्वाचन र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा आयोगका तर्फबाट सो आग्रह गरिएको हो ।

शान्ति सुरक्षाको पाटोबाट असहज र नियन्त्रणभन्दा बाहिरको परिस्थिति नरहेकाले निष्पक्ष निर्वाचन गराउन आयोग सक्षम रहेको दाबी गर्दै आयुक्त सुधीरकुमार शाहले भन्नुभयो– “सुरक्षा निकायबाट उच्च मनोबलका साथ जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।”

धेरैभन्दा धेरै मतदाता अमूल्य मतदानमा सहभागी हुन, कुनै पनि डर, धाक र धम्कीबीच नभई निर्भिकरुपमा मतदान गरेर घर फर्कन सकून् भन्दै उहाँले पेसागत दायित्व बहन गरी एकीकृत र निष्पक्ष ढङ्गबाट कर्तव्य निर्वाह गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।

सार्वभौम र स्वतन्त्र स्थानीय तहको सरकार गठनको लागि निर्वाचन हुने भएकाले राजनीतिक दलबीच मतभेद भए पनि अब निर्वाचन रोकिने छैन, यस पटकको निर्वाचनमा कुनै पनि सरकारी उम्मेदवार पनि हुने छैनन्– आयुक्त शाहले भन्नुभयो ।

एकै चरणमा हुन लागेको तयारीको एउटा अङ्गको रुपमा प्रशिक्षण रहेको बताउँदै उहाँले भन्नुभयो– “२० वर्षपछि स्थानीय तहको निर्वाचन हँुदैछ, निर्वाचन हुन सकेन भने संविधान कार्यान्वयन हुन सकेन भन्ने अर्थ लाग्न सक्दछ, त्यसैले पनि यो निर्वाचन हामी लोकतन्त्रमा विश्वास गर्नेका लागि जीवनमरणको प्रश्न हो ।”

उक्त प्रशिक्षणमा नेपाली सेनाका १५, नेपाल प्रहरीका २०, सशस्त्र प्रहरी बलका १५ र राष्ट्रिय अनुसन्धान विभागका छ जना अधिकृत सहभागी हुनुहुन्छ । रक्षा मन्त्रालय र गृहमन्त्रालयका दुई÷दुई जना अधिकृत पनि दुई दिने उक्त प्रशिक्षणमा सहभागी हुनुहुन्छ । यसअघि उक्त प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा मतदाता र खासगरी महिला उम्मेदवारलाई आउन सक्ने जोखिम र चुनौतीको आँकलन गरेर सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो– “सुरक्षा सबै नागरिकको आधारभूत आवश्यकता हो, निर्वाचनको कार्यक्रम सुरु भइसकेको हँुदा सबै सुरक्षा निकायले तत्कालै कार्ययोजना बनाएर स्थानीय तहसम्म खटिन आवश्यक छ, सुरक्षा निकायबाट पनि निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर कार्यम्पादन होस् भने आयोग चाहन्छ ।

गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले धेरै वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी, सहभागिता र उम्मेदवार बढी हुने भएकाले सुरक्षाको विषय गम्भीर र विशेष महत्वको बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो– निर्वाचनमा शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा सुरक्षा निकायबीच मेरो, हाम्रो र राष्ट्रको जिम्मेवारी हो भन्ने भावनाबाट जिम्मेवारी बहन हुनुपर्दछ, कस्तो सुरक्षा व्यवस्था र कस्तो सुरक्षा रणनीति भन्ने दृष्टिकोण र लक्ष्यको खाका मन्त्रालयले बनाइसकेको छ, सुरक्षाको कारणले निर्वाचन प्रभाव पर्न दिइने छैन ।

आयोगका सहायका प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोग र सुरक्षा निकायबीचको सहकार्यबाट स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने लक्ष्यले सुरक्षाकर्मीका लागि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

निर्वाचन आयोगले निर्वाचनको तयारीको लागि न्यूनतम १२० दिनको समयसीमालाई घटाएर यस पटकको निर्वाचन ८२ दिनभित्र सक्ने जिम्मेवारी र चुनौतीका साथ काम गर्दै आएको छ । गृहमन्त्रालयले स्थानीय तह निर्वाचनका लागि दुई लाख २६ हजार सुरक्षाकर्मी खटाउने कार्ययोजना बनाएको जनाएको छ ।

राष्ट्रपतिबाट उच्च मनोबलका साथ काम गर्न आयोगलाई आग्रह

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे विस्तृत रुपमा आज जानकारी गराएपछि राष्ट्रपतिले सो आग्रह गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनका सन्दर्भमा आयोगबाट भइरहेको काम कारबाहीप्रति सन्तोष पनि व्यक्त गरेको आयुक्त सुधीरकुमार शाहले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीबाट स्थानीय तहको निर्वाचनमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षमा महिला र आदिवासी जनजातिको विजयको सुनिश्चिताको अवस्थाबारे जिज्ञासा राख्नुभएकामा आयोगका तर्फबाट विद्यमान कानुनी व्यवस्थाबारे अवगत गराइएको सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

राजनीतिक दलबाट उम्मेदवार छनोट गर्ने सिलसिलामा आवश्यक रुपमा सोचविचार भएका खण्डमा संविधानको भावनानुसार स्थानीय तह समानुपातिक र समावेशी चरित्रको नमुनाका रुपमा स्थापित हुने विषयमा पनि उहाँहरुबीच विचारविमर्श भएको थियो । सो अवसरमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरी पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।

यसैबीच प्रमुख आयुक्त डा यादवको नेतृत्वको टोलीले आजै सानोठिमीस्थित जनक शिक्षा सामग्री लिमिटेड गई त्यहाँ भइरहेको मतपत्र छपाइको स्थितिबारे जानकारी लिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter