तस्बिरमा ‘गोरखा भूकम्प–२०७२’ नामक पुस्तक सार्वजनिक

Earthquake Gorakhaकाठमाडौँ, १८ चैत । हिमालय क्षेत्रमा भूकम्प कसरी जान्छ र यस्तो अवस्थामा भौगोलिक बनावट कसरी सक्रिय रहन्छलगायतका विषयवस्तुमा आधारित भएर तस्बिरमा ‘गोरखा भूकम्प–२०७२’ नामक पुस्तक सार्वजनिक भएको छ ।

भिएसओ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा सेन्टर फर डिजास्टर एन्ड क्लाइमेट चेन्ज स्टडिज नामक संस्थाले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा भूकम्प जाने प्रक्रिया, भूकम्पका विभिन्न अवस्थालगायत गतवर्ष गएको भूकम्पका क्षति, उद्धार, बाँँच्न सफल व्यक्तिका व्यथालाई तस्बिरसहित जीवन्त रुपमा चित्रण गरिएको छ ।

भूगर्भविद् डा दीपक चम्लागाईं र फोटोग्राफर लक्ष्मीप्रसाद नाखुसीले लेखन तथा सम्पादन गर्नुभएको सो पुस्तक १५२ पृष्ठको छ । पुस्तक लेखक डा चम्लागार्इंका अनुसार पुस्तकमा विगतमा नेपाललगायत यस क्षेत्रमा गएका भूकम्प र यसका क्षतिका बारेमा पनि विस्तृत चर्चा गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक प्रा डा गोविन्द पोखरेलले आज ललितपुरमा आयोजित एक कार्यक्रममा सो पुस्तकको सार्वजनिक गर्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter