चोरी सिकारीद्वारा गैँडा मारियो

Rhino imageचितवन, २६ चैत । लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीबाट मारिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार आज बिहान खाग नभएको अवस्थामा एउटा भाले गैँडा मृत फेला परेको हो ।

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत जगतपुरको हरियाली सामुदायिक वनमा चोरी सिकारीले मारेको अवस्थामा गैँडा फेला परेको जानकारी आएको अर्यालले जानकारी दिनुभयो ।

अहिले सो क्षेत्रमा निकुञ्जको टोली परिचालन गरिएको र विस्तृत विवरण भने आउन बाँकी रहेको अर्यालले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter