‘मुग्लिन लागेपछि यात्रामै आङ सिरिङ हुन्छ’

Narayangadh Mugling Highwayरत्ननगर (चितवन), असार ९ गते । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो । गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नं को मोटरसाइकल चालक लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो । छोरा सन्दिप घाइते भए ।

सँगै आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहयोगी चालक भारतको बेतियाका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भयो । चालक पर्सा लक्ष्मनुवा १८ का ३६ वर्षीय बनु पटेल घाइते बने ।

घटनामा रा १ ख ७७९ नम्बरको मिनि ट्रक, बा १६ च ३९०७ नम्बरको कार र ना ६ ख ६६६४ नम्बरको ट्रक परेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा मुग्लिन नारायणगढको–३४ किलोमिटर सडकमा जोखिम पहिचान गरेर आवश्यक सावधानी अपनाउन थालिएको उक्त सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल बताउनुहुन्छ । यो बीचमा दर्जनाँै पटक पहिरो खस्यो । नियमितजसो ढुङ्गा झरिरहेको देखिने गरेकाले जोखिममा यात्रा गर्नु बाध्यता भएको चितवनको सौराहाका पर्यटन व्यवसायी प्रकाश भट्टराई बताउनुहुन्छ ।

यही असार ४ गते पनि उक्त सडकको कालीखोलामै पहिरो खसेर आठ घन्टा सवारी अवरुद्ध हुँदा गाडी खुलाउन दिनभर नै लाग्यो । यात्रुले पहिरो खस्ने त्रासमै दिन बिताए ।

त्यसको तेस्रो दिन असार ७ गते बिहान झरेको पहिरोले पनि यात्रुलाई दिनभर प्रभावित बनायो । उक्त पहिरो खस्दा पर्यटन व्यवसायी भट्टराई काठमाडौँबाट चितवन आउँदै हुनुहुन्थ्यो ।

‘मुग्लिन कटेपछि आङ सिरिङग हुन्छ,’ भट्टराईले भन्नुभयो, – ‘यसरी जीवनकै बाजी राखेर यात्रा कहिलेसम्म गर्ने ?’ काठमाडाँैबाट हिँडेका सूर्य अधिकारी पनि त्यही पहिरोका कारण दिनभर सडक बस्नुप¥यो । मुख्यगरी चारकिलो र कालीखोलाको पहिरोले यात्रुलाई प्रभावित पार्दै आएको छ । जीवनकै बाजी थापेर हिँड्नुपर्ने अवस्था मुग्लिन सडकमा भएको अधिकारी बताउनुहुन्छ ।

घुमाउनेपछिको ठूलो दुर्घटना आजको हो । गएराति ८ बजेदेखि नै सडक गस्ती र सानातिनो पहिरो पन्छाएर मुग्लिनतर्फ फकिँदै गरेको प्रहरीको भ्यान र एउटा ट्रक राति १ बजे कालीखोलाको पहिरोले बगायो ।

दुई प्रहरीको ज्यान गयो भने अन्य दुई प्रहरी बेपत्ता भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्त पहिरोको जोखिमसँगै सडक विस्तारको क्रममा रहेकाले ग्राभेल सडकका कारण पनि यात्रुबाहक बस नसोचेको दुर्घटनामा पर्दै आएको बताउनुहुन्छ ।

अघिल्लो वर्ष रौतहटको एउटा बस दुर्घटना हुँदा २३ जना यात्रु घटनास्थलमै मृत्यु भएको र दुईवटा ट्रक समेत नदीमा खसेर बेपत्ता भएको सोही क्षेत्र रहेको उहाँको भनाइ छ ।

वर्षा सुरु भएकाले जोखिम बढ्दो

वर्षा सुरु हुन लागेकाले यात्रु डराई डराई यात्रा गर्न बाध्य छन् । कालीखोला सबैभन्दा ठूलो जोखिम क्षेत्र भए पनि यहाँका दर्जनौँ स्थान पहिरोको जोखिममा छन् ।

भित्तो काटिएकाले सुख्खा समयमा पनि पहिरो खस्छ । पानी परेपछि गलेर झन् जोखिम बढाउँछ । सडक आयोजनाका इन्जिनियर शिव खनाल अहिलेसम्म उक्त सडक करिब ५१ प्रतिशत मात्रै काम सम्पन्न भएको बताउनुहुन्छ । यसरी हेर्दा अन्तिम मिति पुसमा निर्माण सम्पन्न गर्न सकिँंदैन ।
यहाँको ३४ किलोमिटर सडकमा ६ वटा निर्माण कम्पनीले तीन खण्ड बनाएर काम गरिरहेको छ । गएको वैशाखबाटै सक्नुपर्ने काम आधा पनि नहुँदा आगामी पुससम्मलाई म्याद थपिए पनि सो समयसम्म सकिने अवस्था देखिँदैन । त्यसैले यात्रुले अर्काे वर्ष पनि सास्ती पाउने देखिन्छ ।

नयाँ ठाउँमा खस्यो यसपटकको पहिरो

यसपटकको प्रहरी गाडी परेको पहिरो भने नयाँ ठाउँमा खसेको छ । यसअघि कहिल्यै नखसेको ठाउँ कालीखोला र चेपाङ डाँडाको बीचमा खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनाल बताउनुहुन्छ । बुधबार राति परेको भीषण वर्षाले गलाएकाले पहिरो खसेको उहाँ बताउनुहुन्छ । यो स्थिर बस्न नसक्ने माटो भएको क्षेत्र हो ।

गाडी र दुई प्रहरी गाडी हराएकाले माटोमा पुरिएको पनि हुनसक्ने आशङ्कामा सडकको पहिरोको माटोलाई गाडीमा लादेर अन्यत्रै फाल्नुपर्ने अवस्था छ । त्यसैले पहिरो पन्छाउन समय लाग्ने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त बताउनुहुन्छ । अर्काे चार किलोमा पनि पहिरो खसेकाले अहिले पन्छाउने क्रम जारी छ ।

यसरी भएको थियो घटना

गएराति करिब ९.४५ बजेको समयमा इच्छाकामना गाउँपालिका– ६ स्थित चार किलो भन्ने स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङको नेतृत्वमा गएको टोलीले अवरुद्ध सडक एक तर्र्फी खुलाई मुग्लिन फर्कंदै थिए ।

राति १ बजेर ५ मिनेटको समयमा कालीखोला नजिकै माथिबाट एक्कासि पहिरो खसेर इलाका प्रहरी कार्यालय मुग्लिङको ना १ झ १३९० नं को प्रहरीसहितको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक बगाएर सडकबाट तल झारेको चितवनका प्रहरी उपरीक्षक दीपक थापा बताउनुहुन्छ ।

रातिदेखि नै खोजी गर्दा आज बिहान धादिङ खनियावास गाउँपालिका– ४ बस्ने २९ वर्षका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया– ६ बस्ने वर्ष ३० का प्रहरी जवान दीपककुमार मास्केको शव नदी किनारमा पुरिएको अवस्थामा फेला परेको छ ।

जिल्ला गोर्खा मकैसिंह–१ बस्ने वर्ष ३१ का प्रहरी जवान लीलबहादुर चेपाङ र तनहु रुपाकोट– ३ बस्ने वर्ष २१ को प्रहरीजवान सन्दिप कार्की बेपत्ता छन् । ना ५ ख ७८२७ नं को ट्रकसमेत त्रिशूली नदीको किनारमा पूर्णरुपमा क्षति भएको अवस्थामा रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ बताउनुहुन्छ ।

उक्त ट्रकको चालक र सहयोगी चालकलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको र उद्धार कार्य जारी रहेको जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter