दाेस्राे चरणमा कुन दलले कहाँ–कहाँ जिते (सूचीसहित)

Vote-counting-Kathmanduकाठमाडौं– बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ बजेसम्मको मतगणना अनुसार ३१ स्थानीय तहको नतिजा प्राप्त भएको छ ।

जसमा एमाले १४ स्थानमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ भने कांग्रेस १० स्थानीय तहमा जित दर्ता गर्दै दोस्रो स्थानमा छ । यसैगरी माओवादी केन्द्र ६ स्थानमा जित हात पार्दै तेस्रो स्थानमा रहेको छ । यस्तै राष्ट्रिय जनमोर्चाले पनि एक स्थानमा जित हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार ८ स्थानीय तहबाहेक बाँकी सबै स्थानमा मतगणना जारी रहेको छ ।

एमालेले जितेका स्थानीय तह
१. गौमुल गाउँपालिका, बाजुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. अमरगढी नगरपालिका, डडेल्धुरा
४. थलारा गाउँपालिका, बझाङ
५. वित्थडचिर गाउँपालिका, बझाङ
६. जन्तेढुंगा गाउँपालिका, खोटाङ
७. रामप्रसाद राई गाउँपालिका, भोजपुर
८. पाण्डवगुफा गाउँपालिका, बाजुरा
९. पञ्चेश्वर गाउँपालिका, बैतडी
१०. लेकम गाउँपालिका, दार्चुला
११. मैवाखोला गाउँपालिका, ताप्लेजुङ

कांग्रेसले जितेका स्थानीय तह
१. बडिमालिका नगरपालिका, बाजुरा
२. छेडेदह गाउँपालिका, बाजुरा
३. महाकाली नगरपालिका, दार्चुला
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. भागेश्वर गाउँपालिका, डडेल्धुरा
७. आलिताल गाउँपालिका, डडेल्धुरा
८. सुलिचुङ गाउँपालिका, संखुवासभा
९. गुल्मी दरबार गाउँपालिका, गुल्मी

माओवादी विजयी भएका स्थानीय तह
१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. बंगलाचुली गाउँपालिका, दाङ
३. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
४. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
५. भूमे गाउँपालिका, रूकुम

राष्ट्रिय जनमोर्चाले जितेको स्थानीय तह
१. मल्लरानी गाँउपालिका, प्यूठान

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter