आपूर्ति राज्यमन्त्रीद्वारा बजार अनुगमन
भीमदत्तनगर, असोज ६ गते । आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ । उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गर्नुभयो ।
बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री गर्नाका साथै खरिद बिल देखाउन आग्रह गर्दा नभेटृाएपछि आज विहान १० बजेसम्म आवश्यक कागजात देखाउन आग्रह गर्नुभएको छ । त्यसैगरी, मासु पसल अनुगमन गर्दै उहाँले सरसफाइमा ध्यान दिन सुझाउँदै व्यवसायको बारेमा व्यापारीसित कुराकानीसमेत गर्नुभएको थियो ।
मन्त्री नै बजार अनुगमनमा निस्केको खबर पाएपछि तरकारी बजारका मासु पसलेहरु भने सहज हुँदै मन्त्री पुग्नुअघि नै सरसफाइमा व्यस्त देखिन्थे ।
“यसरी नै सधैँ सफा राख्नुहुन्छ कि आज मात्रै हो रु”, मासु पसलेलाई प्रश्न गर्दै राज्यमन्त्री विकले भन्नुभयो । त्यसैगरी, उहाँले बुधबार कैलालीको धनगढी बजार पनि अनुगमन गर्नुभएको थियो ।