जग उठाएका भूकम्प पीडितले तेस्रो किस्ता पाउने

Nepal Reconstruction Authorityकाठमाडौँ, असोज २३ गते । भूकम्पपछि पुनः निर्माण गरेर दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका÷नगरपालिकाको सिफारिशमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन् ।

स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्टिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको प्रवक्ता यमलाल भुसालले बताउनुभयो । यो व्यवस्थाले निजी आवास पुनः निर्माणका लागि सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

यो व्यवस्थापछि घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्ताबापतको रु डेढ लाख र तेस्रो किस्ता बापतको रु एक लाख गरी एकैपटक रु दुई लाख ५० हजार पाउनेछन् । अब निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाएपछि एकमुष्ट रकम प्राप्त गरी घर निर्माण गर्न सक्नेछन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter