उपत्यकाका पाँच सय भूकम्पपीडितलाई सहुलियत दरमा काठ

firewoodकाठमाडौँ, माघ ११ गते । द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले उपत्यकाका ४८६ भूकम्पपीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पबाट भत्केको घरको पुनःनिर्माण गर्न पुस मसान्तसम्म पीडित परिवारलाई सहुलियत दरमा काठ उपलब्ध गराएको हो ।

भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माण गर्न चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने घोषणा गरेसँगै कर्पोरेशनले २०७४ जेठ २९ देखि काठ उपलब्ध गराउँदै आएकामा काठमाडौँमा १४७, भक्तपुरमा २६६ र ललितपुरमा ७३ छ । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठमाडौँमा सात हजार २५९, भक्तपुरमा १२ हजार ९९० र ललितपुरमा तीन हजार ४५४ क्यूफिट काठ उपलब्ध गराएको जानकारी दिनुभयो ।

कर्पोरेशनले एक परिवारलाई अधिकतम ५० क्यूफिटसम्म सहुलियत दरमा काठ उपलब्ध गराउँछ । सहुलियत दरको मूल्य प्रतिक्यूफिट दुई हजार ७४० पर्छ । कर्पोरेशनले सहुलियत नदिँदा रु तीन हजार ५०० मा काठ बिक्री वितरण हुँदै आएको छ ।

काठ लिन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र, पुनःनिर्माणसँग भएको आवास पुनःनिर्माण सम्झौताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपूर्जा प्रतिलिपि, भवन निर्माण इजाजत प्रतिलिपि र नक्सा पेश गर्नुपर्ने हुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter