सानो मन्त्रिमण्डल बनाउन बाम कार्यदल सहमत; बृद्धभत्तादेखि नियुक्तिसम्म : देउवा सरकारले चुनावपछि गरेका सबै निर्णय खारेज गर्ने ओलीको उद्घोष

PM Oliकाठमाडौं– अब बन्ने प्रदेश सरकार चुस्त र छरितो बनाउन बाम गठबन्धनका नेताहरु सहमति नजिक पुगेका छन् ।

बिहीबार बसेको गठबन्धनको बैठकमा नेताहरुबीच अन्तराष्ट्रिय मान्यता, विज्ञको सुझाव र जनताको भावनालाई समेत ख्याल गर्दै प्रदेश मन्त्रिमण्डल सानो आकारको बनाउन नेताहरु सकारात्मक भएको कार्यदल सदस्य तथा एमाले नेता सुवास नेम्वाङले बताए ।

‘कार्यदलको आजको बैठकमा धेरै विषयमा छलफल भयो, तर सहमति नै भने भइसकेको छैन, त्यसमा पनि प्रदेशको मन्त्रिमण्डल सानो आकारको बनाउने विषयमा सवै नेताहरु एकमत जस्तै देखिनुहुन्छ’ बैठकपछि नेता नेम्वाङले  भने ।

संविधानमा प्रदेश सांसद संख्याको २० प्रतिशत नबढ्नेगरी मन्त्रिमण्डल गठन गर्न सक्ने व्यवस्था छ । तर, बाम गठबन्धनले भने १० प्रतिशत भन्दा बढि मन्त्री नबनाउने गरी छलफल चलाएको हो ।
नेता नेम्वाङका अनुसार बिहीबारको बैठकमा मुख्यमन्त्री र सभामुख तथा उपसभामुखका बारेमा छलफल भएपनि सहमति हुन सकेन ।

‘कार्यदलमा भएको छलफल र विषयका बारेमा शुक्रबार दुवै दलका अध्यक्षलाई जानकारी गराउने र आइतबारसम्ममा प्रदेश सरकार गठनको गृहकार्य सक्ने हाम्रो तयारी छ’ नेता नेम्वाङले भने ‘यसमा नेताहरु सहमत नजिक भएका विषय र गृहकार्य गर्नुपर्ने विषयलाई अलगअलग विफ्रिङ गरिन्छ ।’

गत पुष २५ गते एमाले र माओवादीका तीनतीन जना नेता रहेको संयुक्त कार्यदल गठन गरी राष्ट्रिय सभाका उम्मेदवार, प्रदेश सभा र प्रदेश सरकार गठनलगायतका विषयमा सहमति जुटाउन दुवै दलका शीर्ष नेताले जिम्मेवारी दिएका थिए । त्यसयता, कार्यदलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड र उम्मेदवार छानेका थिए । कार्यदलस्तरमा भएका सहमतिलाई शीर्ष नेताले अनुमोदन गर्नेगरी छलफल हुने गरेको नेताहरुले बताउदै आएका छन् ।

यसैवीच कार्यदलमा भएको छलफलमा मुख्यमन्त्री र सभामुखका बारेमा लामो छलफल भएपनि कुरा मिल्न सकेको छैन । एमालेले बाम गठबन्धनको सरकार बन्ने सवै प्रदेशमा आफ्नो मुख्यमन्त्री हुनुपर्ने अडान नछाडेपछि त्यसका सहमति जुट्न नसकेको हो । ‘हामीले सातै प्रदेशको मुख्यमन्त्री दावी गरेका छौ, माओवादीको पनि त्यहि दावी छ ।’ नेता नेम्वाङले भने ‘ सायद यो विषय २ अध्यक्षले टुङग्याछन् ।’

बाम गठबन्धनले प्रदेश २ बाहेकका प्रदेशमा सरकार गठन गर्ने जनमत पाएका छन् । त्यसमा मुख्यमन्त्री एक पार्टीको भए अर्को पार्टीको सभामुख हुनुपर्ने माओवादी प्रस्ताव छ भने एमाले कतिपय प्रदेशमा दुवै आफ्नो हुनुपर्ने पक्षमा छ ।

फरक प्रसंगमा एमाले नेता समेत रहेका नेम्वाङले राष्ट्रिय सभा निर्वाचनका कारण यसवारे घनिभुत छलफल गर्न नसकिएको बताए ।

प्रदेश सांसदले सपथ खाइसकेको एक साता हुन लाग्दा पनि दलहरुले संसदीय दलको नेता छान्न सकेका छैनन नी भन्ने प्रश्नमा उनले प्रकृया नै जटिल भएकाले ढिलाई भएको प्रतिकृया दिए ।

बृद्धभत्तादेखि नियुक्तिसम्म : देउवा सरकारले चुनावपछि गरेका सबै निर्णय खारेज गर्ने ओलीको उद्घोष

नेकपा एमालेले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै अस्वीकार गर्ने भएको छ । बिहीबार एमाले मुख्यालमा पत्रकार सम्मेलन गर्दै कामचलाउ भैसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्यशक्ति, राज्यका श्रोत साधनको व्यापक दुरुपयोग गरेको भन्दै सरकारका कामकारवाही प्रति कडा आपत्ति जनाएको हो ।

उसले सरकारले धमाधम गरेका नियुक्ति, सरुवा बढुवा र निर्णयहरु अनुचित भन्दै राज्कोषको दुरुपयोगमा मात्रै सरकारको ध्यान गएकोे बताएको हो ।

एमालेले संविधान, कानुन र संघीयताको मर्मविपरित गरेका कामलाई अव बन्ने सरकारले पुनर्विचार गर्ने समेत प्रष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष केपी ओलीले देउवा सरकारले संविधानको गलत व्याख्या गरेर, जालझेल गर्दै तथा अनुपयुक्त सेटिङ र गलत मनसायबाट अलोकतान्त्रिक मनसायबाट सरकारमा बसिरहेको बताए ।

जालझेल र षड्यन्त्र गर्न सरकार व्यस्त

‘जालझेल, षड्यन्त्र र तिक्डम गर्न, आर्थिक संकटमा देशलाई फसाउने, सञ्चित रकम सक्न सरकार लागेको छ, सरकारले यतिबेला बजेट पेश गरेको हो वा नीति तथा कार्यक्रम पेश गरेको ? के प्रयोजनले सरकारलाई बृद्धभत्ताको उमेर घटाउनु पर्यो ?,’ ओलीको प्रश्न थियो । देउवा सरकारको ६५ बर्षकालाई बृद्ध भत्ता दिने निर्णय अलोकतान्त्रिक भन्दै उनले देशलाई आर्थिक संकटमा फसाउँने षड्यन्त्र भएको बताए ।

संघीयता अनुसार ठुलो संख्यामा कर्मचारी नपुग भएको अवस्थामा ६० अर्ब रुपैयाँ दिएर कर्मचारीलाई अवकास दिने सरकारको निर्णय गलत भएको टिप्पणी गरे । उनले सरकारको उक्त निर्णय देशलाई संकटमा पार्ने सुनियोजित षड्यन्त्र भएको बताए । आफू जाने भएपछि सरकारले राजनीतिक बातावरण विगार्ने, देशका संरचना, अर्थतन्त्र, ध्वस्त पार्ने, पुजि परिचालनका संम्भावनालाई समाप्त पार्ने काम गरेको बताए ।

सरकारले नगर्ने काम मात्रै गर्यो
देउवा नेतृत्वको सरकारले भुकम्पबाट प्रभावितहरुलाई राहत दिनुको साटो चुनावमा खटाएको तर, अन्तिममा आएर पीडितका नाममा क्याबिनेटबाट रकम बढाएर मनपरितन्त्र गरेको बताए । ‘कुनै छलफल छैन, परामर्श छैन । यो स्वेच्छाचारिताको पराकाष्ठा मात्र हो चुनावपछि सरकारले गरेका सवै निर्णय अस्वीकार गर्दै नयाँ सरकारले पुनर्विचार गर्छ,’ अध्यक्ष ओलीको भनाई थियो ।

स्वार्थभन्दा लोकतन्त्र मुख्य कुरा भएको भन्दै ओलीले नयाँ संविधान कार्यन्वयनमा अस्पष्टता भए स्पष्ट पार्दै लैजानुपर्ने स्वभाविक भएपनि मनपरितन्त्रले गरिएका काम एमालेका लागि सैह्य नहुने बताए । ‘देशले दुनियाँले हेरेको छ, मूल्याङ्कन गरेका छन् । देशमा सम्बृद्धि चाहिएको छ, एकता चाहिएको छ । त्यसका लागि यो सरकारले गरेका काम गैरसंवैधानिक, देशहितविपरित छन् ।’

अध्यक्ष ओलीले प्रहरी संगठनमा सरकारले गरेको चलखेल लाजमर्दो भएको बताए । भारतले सीमा मिचेको सम्बन्धमा पार्टीको टोली स्थलगत अनुगमनमा गएको भन्दै अहिल्यै केही टिप्पणी नगर्ने बताए । उनले सीमा आपसी बार्ताबाट समाधान गर्नुपर्ने भन्दै आफ्नो भूमि मिचिएको पाइए त्यो स्वीकार्य नहुने बताए ।

नवराज सिलवाल प्रकरण
‘सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल प्रकरणमा नयाँ सरकार बनेपछि यथार्थ छानबिन गरेर दोषीलाई कारवाही गर्ने ओलीले बताए । ‘नेपालमा अनेक अपराधी फरार छन् सरकार कानमा तेलमा हालेर बसेको छ तर, नवराज सिलवाल जनताले छानेको मानिस । सयौँ प्रहरी खोज्न पठाएको छ । आतंक फैलाएको छ, कहिले घर अगाडी गाडी लगेर राखेको छ । यो तमासा किन गर्दैछ सरकार ?,’ ओलीको प्रश्न थियो । नवराज सिलवालको काण्ड डिआइजी हुँदैदेखि सुरु भएको ओलीको भनाई थियो ।

पार्टी एकता
एमाले माओवादी एकता हुने दावी गदै ओलीले आशंका नगर्न आग्रह गरे । एकता गर्ने नै भनेर हामी चुनाव लडेका हौ । भने‘ काम भइरहेको छ, कार्यदल गठन भएको उसले काम गरिरहेको छ ।

कोमल वली
कोमल वली निर्विरोध निर्वाचित भएको अध्यक्ष ओलीले बताए । उनले कोमल वलीका बारेमा विवाद गरिरहनुपर्ने आवाश्यक्ता नभएको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter